हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो | Khabarhub Khabarhub

हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् ।

पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो । थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार अपराह्न स्वदेश फर्कियो । महिला टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित थिए ।

अन्तर्राष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसिसी टी–२० विश्वकप एशिया छनोटमा उपविजेता हुँदै फर्कियो । आइसिसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जित निकाल्दै छनोट भएको थियो । नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो । जसका कारण १० अङ्क जोडे पनि छनोट नभई घर फर्कनुपरेको हो ।

प्रतियोगितामा नेपालकी रुवीना क्षेत्रीले ह्याट्रिक विकेट लिएर कुवेतविरुद्ध सनसनी प्रदर्शन गरिन् । रुवीना नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेकी छिन् । तर, विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिएका थिए । यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा बिहीबार समर्थकहरु कोही पनि विमानस्थल पुगेनन् ।

अघिल्लो महिना युएइमा सम्पन्न टि–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइएको थियो । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना पुगेर विमानस्थलमै व्यक्तिगत १०/१० हजार पुरस्कार प्रदान गरे । यसैगरी सरकारले जनही ५/५ लाख दिने निर्णय गरिसकेको छ । महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन ।

थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सात राष्ट्र रहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुासार आयोजक थाइल्याण्ड शीर्षस्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । नेपाल थाइल्याण्डसँग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो ।

महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना नेपाली महिला क्रिकेट टोलीले उत्कृष्ट खेल खेलेको बताए। दुई महीनाबीचमा महिला टोलीले खेलेका १२ मध्ये दुई खेलमा मात्र पराजय भोग्यो । आइसिसीको बरियतामा समेत नेपाल १४औँ स्थानमा रहनु नेपालका लागि उपलब्धि नै मान्नुपर्छ ।

नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा नरमाइलो लागेको प्रतिक्रिया दिइन् । ‘यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ’, उनको भनाइ थियो ।

दृष्टिविहीनको फाइन मन्त्रालयमै थन्कियो

युएइबाट शृङ्खला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन क्रिकेट टोली अर्को शृङ्खला जितेर स्वदेश फर्किएको थियो ।

दृष्टिविहीन टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट विमानस्थल पुगे । उनीहरुलाई सोही दिनै युवा तथा खेलकूद मन्त्रालयमा बोलाएर सम्मान पनि गरियो । तर, उनीहरुलाई राखेपले खेलाडीलाई जनही १/१ लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही ५० हजार दिन सिफारिश गरे पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले अहिलेको खेलकूद कार्यविधिअनुसार दृष्टिविहीन टोलीलाई आर्थिक सहयोग गर्न नसकिने बताउँदै कार्यविधि संशोधनको तयारी भइरहेको बताए।

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको र पहिलोपटक नै पाकिस्तानविरुद्धको सिरिज जितेर फर्किएको नेपाली दृष्टिविहीन टोलीलाई राज्यले उपेक्षा गरेको दृष्टिविहीन क्रिकेट सङ्घका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले गुनासो गरे ।

सीमित स्रोतसाधन र तयारीका बाबजुद नेपाली टोलीको प्रदर्शनलाई सकारात्मक रुपमा लिनुपर्ने र आउँदा दिनमा नेपाली महिला क्रिकेट खेलाडीलाई पनि राज्यले सम्मान गर्दै अघि बढेमा मात्रै थप केही गर्ने जोश र जाँगर खेलाडीमा बढ्ने अपेक्षा गर्न सकिने बताउँछन् नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे ।

नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो । क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिएको र महिला क्रिकेटको परिवेश सिर्जना गर्न सहयोग पुगेको थियो । विसं २०६१ फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो । नेपाली किशोरी पहिलोपटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए । उक्त प्रतियोगितामा २९ विद्यालयले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो । क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो । सोही वर्ष नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ९ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०