बस र कार ठोक्किएर दुघर्टना, एकको मृत्यु « Khabarhub

बस र कार ठोक्किएर दुघर्टना, एकको मृत्यु


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च २१०२ नंको कार र बुर्तिबाङबाट काठमाडौं जाँदै गरेको ना७ख २८४४ नंको बस ठक्कर खाँदा कारमा सवार पोखरा महानगरपालिका–२० बस्ने ५६ वर्षीय लीलबहादुर सुनारको मृत्यु भएको हो ।

सुनारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा कार चालक कास्कीका ३४ वर्षीय सुनिल गुरुङ र व्यास नगरपालिका–२ का २८ वर्षीय सुन्दर गुरुङ घाइते भएका छन् ।

घाइते दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ भने दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ११ : २७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको