हुवावेकी प्रमुख वित्तीय अधिकारीलाई अमेरिका सुपुर्दगी गर्ने प्रकृया क्यानाडामा स्वीकृत « Khabarhub

हुवावेकी प्रमुख वित्तीय अधिकारीलाई अमेरिका सुपुर्दगी गर्ने प्रकृया क्यानाडामा स्वीकृत


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानाडाले गत डिसेम्बरमा पक्राउ परेकी चिनियाँ प्राविधिक सामग्री निर्माता कम्पनी हुवनवेकी प्रमुख वित्तीय अधिकारी मेङ वानझोउलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया स्वीकृत गरेको छ ।

क्यानाडाका अधिकारीले हुवावे कम्पनीका संस्थापककी छोरीसमेत रहेकी वानझोउलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया स्वीकृत गरिएको र अब उनको सुपुर्दगीका विषयमा अदालतमा सुनुवाई हुने बताइएको छ ।

अदालतमा उनको सुनुवाईको मिति आगामी बुधबारलाई तोकिएको छ ।

उनलाई गत डिसेम्बरमा भ्यानाकुवरबाट पक्राउ गरिएको थियो । हाल उनी नजरबन्दमा रहेको बताइएको छ ।

अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको उल्लङ्घन गर्ने षड्यन्त्र गरेको अभियोगमा अमेरिकामा मेङविरुद्धको मुद्धा विचाराधिन छ ।

उनलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया स्वीकृत गर्ने क्यानाडाको कदमको चीनले भने निन्दा गरेको छ । पछिल्लो समय मेङलाई पक्राउ गरेको विषयलाई लिएर चीन र क्यानाडाबीचको सम्बन्ध निकै चिसिएको बताइन्छ ।

यता अमेरिकाले भने क्यानाडाको कदम स्वागतयोग्य रहेको भन्दै क्यानाडालाई धन्यवाद दिएको छ । अमेरिकी जस्टिस डिपार्टमेन्टले विज्ञप्ति जारी गर्दै क्यानाडाको कदमको स्वागत गरेको हो ।

क्यानाडाको भ्यानाकुवरमा रहेको अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्ने फैसला सुनाएपनि उनले उपल्लो अदालतमा पुनरावेदन दिनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १ : ५६ बजे

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा

नेप्सेले भन्यो- अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से )ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर

नेपाल क्रिकेट संघको ‘इन्स्योरेन्स पार्टनर’ बन्यो मेटलाइफ

काठमाडौँ– मेटलाइफ नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक बीमा साझेदार

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् ।