अष्ट्रेलियाका दुई मन्त्रीले दिए राजीनामा, सरकार अफ्ठ्यारोमा « Khabarhub

अष्ट्रेलियाका दुई मन्त्रीले दिए राजीनामा, सरकार अफ्ठ्यारोमा


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियाका दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि कमजोर देखिएको प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको सरकार अझ अफ्ठ्यारोमा परेको छ । शनिबार रक्षामन्त्री क्रिष्टोफर पाइन तथा रक्षा–उद्योगमन्त्री स्टिभन किओभोले पदबाट राजीनामा दिएका हुन् ।

यससँगै उनीहरुले आगामी मे महिनामा हुन लागेको आम निर्वाचनमा उम्मेद्वारी नदिने समेत घोषणा गरेका छन् । अष्ट्रेलियामा वर्तमान लिबरल पार्टीको सरकार पछिल्ला केही समययता आन्तरिक मतभेद चुलिँदै गएपछि कमजोर बन्दै आएको छ ।

अघिल्ला साताहरुमा अष्ट्रेलिया सरकारका रोजगारमन्त्री, मानव सेवामन्त्री लगायतले राजीनामा दिएका छन् भने आदिवासी मामिलामन्त्रीले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । त्यस्तै पूर्व विदेशमन्त्री तथा पार्टीमा प्रभावशाली नेतृ मानिने जुलिए विशपले पनि अघिल्लो महिना आगामी निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेकी थिइन् ।

पछिल्लो समय जारी खिँचातानीले अष्ट्रेलियाको सरकार अफ्ठ्यारोमा पर्दै आएको छ । आगामी मे महिनामा हुने निर्वाचनमा दक्षिणपन्थी सत्तारुढ लिबरल पार्टी लेबर पार्टीसँग पराजित हुने सर्वेक्षण सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ३ : १९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले