शिवरात्रि– भगवान शिवले किन खाए गाँजा, भाङ ? « Khabarhub

शिवरात्रि– भगवान शिवले किन खाए गाँजा, भाङ ?


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

शुक्रबार हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् ।

शिवका केही भक्त भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।

शिवरात्रि नशा सेवनको पर्व हो त ? प्रश्न उठ्ने गरेको छ । धर्मशास्त्रहरुका अनुसार शिवरात्रि शिव भगवानको उपासना र आराधनाको लागि महत्त्वपूर्ण पर्व हो । शिव भगवानलाई खुसी पार्न र आफ्ना मनोकामना पूरा गर्न यो पर्व मनाउनुपर्ने मत रहेको छ ।

तर, महाशिवरात्रिमा पशुपति लगायत शिवमन्दिरहरुमा गाँजा, भाङ धतुरो लगायतका नशाको सेवन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन् ।

तर प्रश्न उठ्छ, भगवान शिवले नसाको प्रयोग किन गरे ? त्यसको तत्व नबुझी नशाको प्रयोगलाई प्रश्रय दिनु उपयुक्त होला त ? यसका लागि भगवानले किन नशाको सेवन गर्नुभयो भन्ने कुरा थाहा पाउन जरुरी छ । त्यसका लागि धर्मशास्त्रहरुको अध्ययन गर्न जरुरी छ । यहाँ हामी गाजा, भाङ, धतुरो लगायतको प्रयोग भगवान शिव जीले किन गर्नुभयो भन्ने कुराको धार्मिक मान्यता प्रस्तुत गर्न गइरहेका छौं ।

भगवान शिव ध्यान मुद्रामा बस्नुहुन्छ । हिमालयमा ध्यान मुद्रामा बसेका शिवले ध्यानलाई भंगहुन नदिन र एकाग्र बनाउनका लागि नशा सेवन गरेको मान्यता छ ।

वेदको मत अनुसार समुन्द्र मन्थनका क्रममा एक थोपा मद्र पर्वतमा खस्यो । त्यसबाट एक रुख उम्रियो । यो रुखको एक रस देवताहरले निकै मनपराए । पछि भगवान शिवले यसलाई हिमालयमा लिएर आए किनकी सबैले यसलाई सेवन गर्न सकुन् ।

पुराणका अनुसार समुद्र मन्थनको समयमा अमृतसँगै विष निस्किएको थियो । अमृत त देवताहरुले पिए तर बाँकी रहेको विष कसले पिउने समस्या पर्‍यो । उक्त विष एक थोपा मात्र पनि जमिनमा वा पृथ्विमा खसेको खण्डमा प्रलय हुने थियो । त्यसपछि देवताहरुले भगवान शिवको आराधना गरे ।

विष शिवजी पिउन तयार भए, र विष पिए पनि । विष पिउनै लाग्दा छेउमा रहेकी पार्वतीले विष पेटमा नपुगोस् भन्नका लागि भगवान शिवको घाँटी समातिन् र विष भगवान शिवको कण्ठ(घाँटी) मा अड्कियो । त्यसैले भगवान शिवलाई निलकण्ठ पनि भन्ने गरियो ।

विष सेवन गरेपछि भगवान शिवलाई निकै समस्या पर्यो । विषको गर्मीलाई सहन गर्न भगवान शिव कैलाश पर्वत गए । तर पनि उनको पीडा कम भएन त्यसपछि उनको पीडा भुलाउनका लागि देवताहरुले नशाको खोजी गरे र भाङ, धतुरो, गाजाको सेवन गरेपछि भगवान शिवलाई केही राहत भयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ३ : ३० बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच