अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार नबढाउने « Khabarhub

अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार नबढाउने


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार शुल्क नबढाउने भएको छ । अमेरिकाको व्यापारिक प्रतिनिधिको कार्यालयले चीनसँग जारी वार्ता सकारात्मक दिशामा रहेकाले तत्काल चिनियाँ सामानमा भन्सार शुल्क बढाउनु पर्ने अवस्था नरहेको जनाएको छ ।

अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले चिनियाँ सामानको आयातमा तत्काल भन्सार शुल्क नबढाउने औपचारिक घोषणा भने आगामी मंगलबार गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अमेरिकाले जनवरी १ देखि चीनबाट आयात हुने २ खर्ब अमेरिकी डलर मूल्यका वस्तुमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने जनाएको थियो । तर, चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार बढाउने म्याद ९० दिन थपेका थिए ।

सो म्याद शुक्रबारमात्र सकिएको थियो । चीनले अवैधानिक व्यावसायिक अभ्यास गरिरहेको भन्दै अमेरिकाले चिनियाँ सामानमा भन्सार बढाउन लागेको थियो ।

यता चीनले भने आफ्ना सामानमा भन्सार नबढाउने अमेरिकी कदमको स्वागत गरेको छ । चीनको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको स्वागत गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ४ : ०० बजे

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन पर्सा प्रशासनको अनुरोध

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण,

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम– मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री भएका चारजना

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

भद्रपुर– सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना