लागुऔषधसहित थानकोटबाट तीन जना पक्राउ « Khabarhub

लागुऔषधसहित थानकोटबाट तीन जना पक्राउ


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागुऔषध नाइट्राभेट एक हजार ८०० चक्कीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४७६ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ बाट बारा निजगढ बस्ने ३२ वर्षीय सुरेश लामालाई नियन्त्रित लागुऔषध नाइट्राभेट २६ चक्की र स्पास आठ चक्कीसहित प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ग६ख २०४२ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो । झापा कन्काई नगरपालिका–५ घर भएका २० वर्षीय सागर विकलाई पनि अवैध लागुऔषध ब्राउनसुगरसहित सोही ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ६ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको