लागुऔषधसहित थानकोटबाट तीन जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित थानकोटबाट तीन जना पक्राउ


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागुऔषध नाइट्राभेट एक हजार ८०० चक्कीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४७६ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ बाट बारा निजगढ बस्ने ३२ वर्षीय सुरेश लामालाई नियन्त्रित लागुऔषध नाइट्राभेट २६ चक्की र स्पास आठ चक्कीसहित प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ग६ख २०४२ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो । झापा कन्काई नगरपालिका–५ घर भएका २० वर्षीय सागर विकलाई पनि अवैध लागुऔषध ब्राउनसुगरसहित सोही ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ६ : ३५ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने