रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी « Khabarhub

रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालको उपचारका क्रममा शनिबार राति ९:३५ बजे निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि  आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

तीन हप्तादेखि उपचाररत नेता अधिकारीलाई पछिल्लो पटक भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनी न्यूमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित थिए । शनिबार दिउँसो अस्पतालले पत्रकार सम्मेलन गर्दै उनका सवै अंगले काम गर्न छाडेको र अब आशा नरहेको र सम्पूर्ण प्रयासका बाबदुद पनि बचाउन सक्ने अवस्था नरहेको जानकारी दिएको थियो ।

नेकपाका नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री बनेका थिए । त्यसबेला उनले ल्याएका वृद्धभत्ता र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अहिलेसम्म लोकप्रिय छन् ।
उनको निधनमा दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १० : २० बजे

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल