रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी « Khabarhub

रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालको उपचारका क्रममा शनिबार राति ९:३५ बजे निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि  आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

तीन हप्तादेखि उपचाररत नेता अधिकारीलाई पछिल्लो पटक भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनी न्यूमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित थिए । शनिबार दिउँसो अस्पतालले पत्रकार सम्मेलन गर्दै उनका सवै अंगले काम गर्न छाडेको र अब आशा नरहेको र सम्पूर्ण प्रयासका बाबदुद पनि बचाउन सक्ने अवस्था नरहेको जानकारी दिएको थियो ।

नेकपाका नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री बनेका थिए । त्यसबेला उनले ल्याएका वृद्धभत्ता र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अहिलेसम्म लोकप्रिय छन् ।
उनको निधनमा दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १० : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया