साढे ४ वर्षपछि दशरथ रंगशालामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल « Khabarhub

साढे ४ वर्षपछि दशरथ रंगशालामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ को विनाशकारी भुकम्पले क्षतविक्षत पारेको नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का खेल भइरहेका छन् ।

सोमबार साढे ४ वर्षपछि दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल भएको हो । भुटान र बंगलादेशले खेल्दै शुरु भएपनि नेपाल भने मंगलबार दिउँसोमात्रै खेल्नेछ ।

भुकम्पपछिको पुननिर्माण पश्चात नेपाल दशरथ रंगशालामा आज भुटानविरुद्ध खेल्नेछ । दिउँसो १ बजे हुने खेलमा नेपाली टोली उत्साहका साथ मैदान उत्रिने प्रशिक्षक बाल गोपाल महर्जनले बताए ।

‘लामोसमय पछि दशरथ रंगशालामा खेल्दै छौं । खेललाई लिएर खेलाडीहरु उत्साहित छन्,’ प्रशिक्षक महर्जनले भने,‘२० बर्ष पछि घरेलु मैदानमा फर्किएको सागमा स्वर्ण पदक जित्ने लक्ष्यसहित मैदान उत्रिने छौं ।’

सोमबार भएको भुटानको पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै उसले सागमा सुखद् सुरुवात गरिसकेको छ । बंगलादेश भुटानभन्दा माथिल्लो स्तरको टिम हो । तर, भुटानका कप्तानको गोलमा बंगलादेश पराजित हुन पुग्यो ।

भुटानका प्रशिक्षकले आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा आफुहरु ‘अन्डरडग’ रहेको बताएका थिए । त्यहिँ अनुसार आफ्नो तयारी रहेको बताएका भुटानी प्रशिक्षकले हात पारेको बंगलादेशमाथिको जित धेरैका लागि अनपेक्षित थियो ।

प्रशिक्षक महर्जनले नेपाल भुटानविरुद्ध अट्याकिङ खेल्ने बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ३४ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन