१३ औं साग अपडेट : १७ स्वर्णसहित नेपाल शीर्षस्थानमा « Khabarhub

१३ औं साग अपडेट : १७ स्वर्णसहित नेपाल शीर्षस्थानमा


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १७ स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १० बजेसम्म नेपालले १७ स्वर्ण हात पारेको हो ।

सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जितेका छन् । १७ औं स्वर्ण उसुको महिलातर्फकी खेलाडी सुस्मिता तामाङले दिलाएकी हुन् ।

नेपालले अहिलेसम्म १७ स्वर्ण, ३ रजत र ८ कास्य गरी २८ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

नेपालले जितेका पदक र खेलाडीहरुको नामावली

स्वर्ण पदक विजेत खेलाडी

कराते (७ स्वर्ण पदक)

काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)- मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ किलोमाथि- विप्लवलाल श्रेष्ठ
५० किलो- लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)- अनु अधिकारी
४५ किलोमुनि (महिला) – कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत) – आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) – आयशा शाक्य
पुम्से (२३-२९ वर्ष एकल)- पार्वती गुरुङ
पुम्से (२३-२९ वर्ष एकल)- कमल श्रेष्ठ
पुम्से (१७-२३ वर्ष एकल)- सिना मादेन लिम्बु
पुम्से (महिला समूह (२३-२९ वर्ष)- निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई
महिला समूह (७-२३ बर्ष) – निशा दर्नाल, स्वस्तीका तामाङ, सञ्जीला तिम्सिना

ट्रायथलन

सोनी गुरुङ

उसु

विजय सिञ्जीली

सुस्मिता तामाङ

रजत पदक विजेता खेलाडी (३ पदक)

कराते (एकल काता)- चन्चला दनुवार
कराते (८४ किलोमुनि)- दिवश श्रेष्ठ
तेक्वान्दो (१७-२३ वर्ष)- कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (८ पदक)

तेक्वान्दो पुम्से पुरुषतर्फ (२३वर्षमाथि) कमल श्रेष्ठ, जित बहादुर बोट, प्रेम बहादुर लिम्बु
तेक्वान्दो पुम्से पुरुष टिम (१७-२३ बर्षसम्म) शिसिर श्रेष्ठ, अस्मीन राउत, दिपेन्द्र गुरुङ
तेक्वान्दो पुरुष २९ बर्षमाथि रेजिन रिमाल
पेयर पुम्से (१७-२३ बर्षसम्म) अस्मिन राउत, सिना लिम्बु मादेन
पेयर पुम्से (२३-२९ बर्षसम्म) जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथलन – वसन्त थारु
ब्याडमिन्टन पुरुष टिम इभेन्ट्स र महिला टिम इभेन्ट्स

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १० : ३७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक