मिरुना भन्छिन् – समाज बदल्ने फिल्म दिन सकेकी छैन « Khabarhub

मिरुना भन्छिन् – समाज बदल्ने फिल्म दिन सकेकी छैन


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका मिरुना मगरले अभिनय गरेका फिल्म व्यावासायिक रुपमा सफल छैनन् । तर उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् ।

हालै रिलिज भएको फिल्म ‘चच हुई’ बाट उनलाई धेरै आशा थियो । तर, यो फिल्म पनि फ्लप हुनबाट बचेन ।

‘चच हुई’ भन्दा अघि मिरुनाले अभिनय गरेको फिल्म ‘साइनो’ प्रदर्शन भएको थियो । यो फिल्मको त झन् चर्चा पनि नभइ हलबाट उत्रियो ।

फिल्मको स्किृप्ट भुवन चन्दले १ वर्ष लगाएर खोजेकी थिइन् । फिल्मबाट टिमलाई धेरै आशा थियो ।

‘यो फिल्म किन चलेन भन्ने मैले बुझ्नै सकिनँ, हेरेका दर्शकले त फिल्म राम्रो छ भन्नुभयो तर दर्शकले फिल्म नै हेर्नुभएन,’ मिरुनाले भनिन्, ‘मैले फिगर आउट गर्नै सकिनँ ।’

उनले ‘साइनो’ बाट राम्रो प्रतिक्रिया पाएको पनि बताइन् । तर यो फिल्म दर्शकको ठूलो समूहमाझ पुग्न सकेन ।

मिरुनाले अहिलेसम्म आफूलाई कुनै फिल्मले पनि घाटामा नपारेको बताइन् । डेब्यु फिल्म ‘लालपुर्जा’ नै व्यावसायिक हिसाबले असफल भए पनि मिरुनाको भने त्यतिबेलादेखि नै चर्चा हुने गरेको छ ।

मिरुना सामाजिक कार्यमा पनि सक्रिय छिन् । समाजशास्त्रकी विद्यार्थी मिरुना‌ले सामाजिक कार्य गर्नमा रुचि भएको बताइन् । उनले भनिन्, ‘सामाजिक कार्यमा रुचि छ, तर फिल्ममार्फत समाज बदल्ने फिल्म अझै दिन सकेकी छैन ।’

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : ५९ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई