बागलुङमा जीप दुर्घटना : १४ को मृत्यु, ३ घाइते « Khabarhub

बागलुङमा जीप दुर्घटना : १४ को मृत्यु, ३ घाइते


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।

ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

जीप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडिगाड खोलामा खसेको हो। जीपमा १८ जना सवार थिए।

बढी भार र तीव्रगतिले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उक्त घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : ४४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट