भुटानविरुद्धको फुटबलमा नेपाल ३–० गोलले अगाडि « Khabarhub

भुटानविरुद्धको फुटबलमा नेपाल ३–० गोलले अगाडि


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध ३–० गोलले अग्रता लिएको छ ।

खेलको शुरुवाती ५ मिनेटमै सुजल श्रेष्ठको गोलबाट नेपालले १ गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफ शुरु भएसँगै खेलको ४९ औं मिनेटमा सुजलले नै गरेको दोस्रो गोलबाट नेपालले २–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ६५ औं मनिटमा अभिशेक रिजालले पुन: अर्को गोल थपेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानसंग खेल्दैछ । भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

भारत नआउने भएपछि अन्तिम समयमा फुटबलको तालिका फेरिएको थियो । नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान समूहमा रहेका छन् ।

सबै टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ०३ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा