भुटानविरुद्धको फुटबलमा नेपाल ३–० गोलले अगाडि | Khabarhub Khabarhub

भुटानविरुद्धको फुटबलमा नेपाल ३–० गोलले अगाडि


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध ३–० गोलले अग्रता लिएको छ ।

खेलको शुरुवाती ५ मिनेटमै सुजल श्रेष्ठको गोलबाट नेपालले १ गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफ शुरु भएसँगै खेलको ४९ औं मिनेटमा सुजलले नै गरेको दोस्रो गोलबाट नेपालले २–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ६५ औं मनिटमा अभिशेक रिजालले पुन: अर्को गोल थपेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानसंग खेल्दैछ । भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

भारत नआउने भएपछि अन्तिम समयमा फुटबलको तालिका फेरिएको थियो । नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान समूहमा रहेका छन् ।

सबै टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ०३ बजे

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन