आफूअनुकूल समय निर्धारण ! « Khabarhub

आफूअनुकूल समय निर्धारण !


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत वैशाखमा उत्तर कोरियाले कोरियाली प्रायद्विपमा एउटै समय प्रचलनमा ल्याउने भन्दै दक्षिण कोरियाली समयसँग मेल खानेगरी आफ्नो मुलुकको प्रचलित समय पुनः परिवर्तन ग¥यो । उत्तर कोरियाले आफ्नो समय परिवर्तन गरेसँगै अब प्रश्न उठ्छ, समयको निर्धारण आखिर के ले गर्छ त ?

यसको एक शब्दमा उत्तर आउँछ, देशान्तर रेखा । पृथ्वीका उत्तरी तथा दक्षिणी ध्रुवलाई जोड्ने गरी काल्पनिक रुपमा ठाडो रेखाहरु खिचिएका छन् । यिनै रेखालाई देशान्तर रेखा भनिन्छ । लण्डनको ग्रिनविच क्षेत्रलाई आधार बनाएर शुन्य डिग्रीमा देशान्तर रेखा खिचिएको छ ।

यो देशान्तर रेखाले विश्वमा समयको निर्धारण गर्दछ । त्यसैले विश्वभर समयमा एकरुपताका लागि ग्रिनविचको समय अर्थात्, ग्रिनविच मिन टाइम (जी.एम.टी) तोकिएको छ । हो, त्यही ग्रिनविचको देशान्तर रेखाबाट पूर्व र पश्चिम तर्फ समान रुपमा देशान्तर रेखा कोरिएका छन् ।

ग्रिन विचको पूर्वतर्फ र पश्चिमतर्फ १८० डिग्रीको मेल प्रशान्त महासागरको बीचबाट कोरिएको अन्तर्राष्ट्रिय तिथि रेखासँग मिल्न जान्छ । यही अन्तर्राष्ट्रिय तिथि रेखाले एक दिनको फरक छुट्याउँछ । ग्रिन विचबाट हरेक डिग्री देशान्तरको फरक ४ मिनेट हुन आउँछ । यसअनुसार ग्रिनवीचबाट एक डिग्री पूर्व गयो भने समय ४ मिनेट चलाख हुन्छ भने जति पश्चिम लाग्यो, त्यसअनुसार नै समय ढिलो हुन्छ ।

आफ्ना लागि प्रमाणिक समय प्रचलनमा ल्याउन मुलुकहरुले देशान्तर रेखाको मद्दत लिन्छन् । नेपालले ग्रिनविच भन्दा ८६ दशमलब दुई पाँच डिग्री पूर्वमा रहेको गौरिशङ्कर हिमाललाई आधार बनाएर ग्रिनविच भन्दा ५ घण्टा ४५ मिनेट छिटो गरी आफ्नो समय निर्धारण गरेको छ ।

सानो क्षेत्रफल भएको मुलुकका लागि एउटै प्रमाणिक समय उपयुक्त भएपनि निकै ठूलो क्षेत्रफल भएका मुलुकका लागि यो व्यवहारिक र उपयुक्त हुन्न । यसका लागि धेरै ठूलो क्षेत्रमा फैलिएका रुस, अमेरिका, अष्ट्रेलिया, इण्डोनेशियालगायतका मुलुकले विभिन्न भूभागमा उपयुक्त हुनेगरी त्यहीँबाट खिचिएका देशान्तरको मद्दत लिइ एक भन्दा धेरै समय निर्धारण गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ५७ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको