आफूअनुकूल समय निर्धारण ! | Khabarhub Khabarhub

आफूअनुकूल समय निर्धारण !


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत वैशाखमा उत्तर कोरियाले कोरियाली प्रायद्विपमा एउटै समय प्रचलनमा ल्याउने भन्दै दक्षिण कोरियाली समयसँग मेल खानेगरी आफ्नो मुलुकको प्रचलित समय पुनः परिवर्तन ग¥यो । उत्तर कोरियाले आफ्नो समय परिवर्तन गरेसँगै अब प्रश्न उठ्छ, समयको निर्धारण आखिर के ले गर्छ त ?

यसको एक शब्दमा उत्तर आउँछ, देशान्तर रेखा । पृथ्वीका उत्तरी तथा दक्षिणी ध्रुवलाई जोड्ने गरी काल्पनिक रुपमा ठाडो रेखाहरु खिचिएका छन् । यिनै रेखालाई देशान्तर रेखा भनिन्छ । लण्डनको ग्रिनविच क्षेत्रलाई आधार बनाएर शुन्य डिग्रीमा देशान्तर रेखा खिचिएको छ ।

यो देशान्तर रेखाले विश्वमा समयको निर्धारण गर्दछ । त्यसैले विश्वभर समयमा एकरुपताका लागि ग्रिनविचको समय अर्थात्, ग्रिनविच मिन टाइम (जी.एम.टी) तोकिएको छ । हो, त्यही ग्रिनविचको देशान्तर रेखाबाट पूर्व र पश्चिम तर्फ समान रुपमा देशान्तर रेखा कोरिएका छन् ।

ग्रिन विचको पूर्वतर्फ र पश्चिमतर्फ १८० डिग्रीको मेल प्रशान्त महासागरको बीचबाट कोरिएको अन्तर्राष्ट्रिय तिथि रेखासँग मिल्न जान्छ । यही अन्तर्राष्ट्रिय तिथि रेखाले एक दिनको फरक छुट्याउँछ । ग्रिन विचबाट हरेक डिग्री देशान्तरको फरक ४ मिनेट हुन आउँछ । यसअनुसार ग्रिनवीचबाट एक डिग्री पूर्व गयो भने समय ४ मिनेट चलाख हुन्छ भने जति पश्चिम लाग्यो, त्यसअनुसार नै समय ढिलो हुन्छ ।

आफ्ना लागि प्रमाणिक समय प्रचलनमा ल्याउन मुलुकहरुले देशान्तर रेखाको मद्दत लिन्छन् । नेपालले ग्रिनविच भन्दा ८६ दशमलब दुई पाँच डिग्री पूर्वमा रहेको गौरिशङ्कर हिमाललाई आधार बनाएर ग्रिनविच भन्दा ५ घण्टा ४५ मिनेट छिटो गरी आफ्नो समय निर्धारण गरेको छ ।

सानो क्षेत्रफल भएको मुलुकका लागि एउटै प्रमाणिक समय उपयुक्त भएपनि निकै ठूलो क्षेत्रफल भएका मुलुकका लागि यो व्यवहारिक र उपयुक्त हुन्न । यसका लागि धेरै ठूलो क्षेत्रमा फैलिएका रुस, अमेरिका, अष्ट्रेलिया, इण्डोनेशियालगायतका मुलुकले विभिन्न भूभागमा उपयुक्त हुनेगरी त्यहीँबाट खिचिएका देशान्तरको मद्दत लिइ एक भन्दा धेरै समय निर्धारण गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ५७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार