समुद्रमाथि संसारकै सानो देश ! « Khabarhub

समुद्रमाथि संसारकै सानो देश !


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

संसारको सबैभन्दा सानो देश कुन हो ? जवाफ आउँछ भ्याटिकन सिटी । यो जवाफ सत्य पनि हो । तर, बेलायतको तटपारी एउटा त्यस्तो ठाउँ छ, जसले आफूलाई एउटा सार्वभौमसत्ता सम्पन्न देश मान्दछ ।

संसारका अरु कुनै पनि देशले त्यसलाई देशको मान्यता दिएका छैनन् । यदि त्यसो हुन्थ्यो भने यो देश संसारकै सबैभन्दा सानो देश हुन्थ्यो । तैपनि यो देशको आफ्नै झण्डा, राष्ट्रगान, मुद्रा राजसंस्था, राहदानी समेत छ । त्यस देशको नाम हो, सिल्याण्ड ।

सबैभन्दा गजबको कुरा त के छ भने, त्यस देश जमिनमा छैन । खासमा यो देश दोश्रो विश्वयुद्धमा जर्मन आक्रमणलाई परास्त गर्न बेलायतको तटपारी समुद्रमा बनाइएको एचएम फोर्ट रोग्स हवाई प्रतिरोधी तोपका दुई खम्बाजस्तो जगमा स्थापित छ । यहाँ बस्नका लागि घर छ, हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड छ ।

यो देश बेलायतको सफोक शहरको तटभन्दा १२ किलोमिटर टाढा समुद्रमा दुई खम्बामाथि अवस्थित छ । यस देशले केही दर्जन मानिसलाई आफ्नो नागरिकता दिएको छ भने अरु सयौंले यहाँको राहदानी लिएका छन् ।

यो देशको इतिहास पनि उत्तिकै रोचक छ । दोश्रो विश्वयुद्धपछि पनि एक दशकसम्म फोर्ट रोग्समा बेलायती नौसेनाको उपस्थिति थियो । सन् १९५४ मा बेलायती नौसेना यहाँबाट हट्यो । त्यसपछि केही वर्ष त्यस स्थान जस्ताको त्यस्तै रह्यो । सन् १९६५ मा अवैध रेडियो सञ्चालक ज्याक मुर र उनकी छोरीले त्यहाँ कब्जा जमाए । त्यहीँबाट उनीहरुले रेडियो क्यारोलाइन नामक रेडियो सञ्चालन गर्न थाले ।

तर सन् १९६७ मा एक कानूनी लडाईंपछि एकजना पूर्व बेलायती सैनिक पेडी रोय बेट्सले फोर्ट रोग्समा आफ्नो पकड जमाए । मुरले जस्तै बेट्सले पनि यहाँबाट अवैध रेडियो नै सञ्चालन गर्ने विचार त गरेका थिए तर, उनको रेडियो कहिल्यै अन एअर भएन । त्यसपछि फोर्ट रोग्स भत्काउनका लागि त्यहाँ केही बेलायती कामदार त आएका थिए तर, बेट्सका छोरा माइकलले बन्दुक पड्काएर उनीहरूलाई त्यहाँबाट धपाए । यस घटनापछि बेट्सले त्यसलाई बेग्लै देश बनाउने विचार गरे ।

त्यसैअनुसार संविधान, राष्ट्रगान, झण्डा इत्यादिको व्यवस्था गरी उनले फोर्ट रोग्सलाई सिल्याण्ड नामक बेग्लै देश घोषणा गरे र आफूले आफैँलाई राजकुमार रोय घोषणा गरे । बेलायतले त्यसको विरोध ग¥यो । तर, फोर्ट रोग्स अन्तर्राष्ट्रिय समुद्रमा रहेकाले बेलायतले त्यसको औचित्य पुष्टि गर्न सकेन ।

सन् १९६८ मा रेडियो क्यारोलाइनले केही भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि आक्रमण ग¥यो । तर बेट्स र उनका सहयोगी मिलेर पेट्रोल बम र हवाई फायर गरेर सिल्याण्डमाथिको आक्रमण विफल पारे ।

गजबको घटना त सन् १९७८ मा घट्यो । जतिबेला सिल्याण्डको प्रधानमन्त्री घोषित जर्मन नागरिक अलेक्जेन्डर अशेनबाखले राजकुमार पेडी रोय बेट्स र राजकुमारी जोआना बेलायतमा रहेका बेला केही जर्मन र डच भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि सैनिक आक्रमण गरे ।

उनीहरुले सिल्याण्डका राजकुमार पेडी रोय बेट्सका छोरा माइकललाई बन्दी समेत बनाएका थिए । तर, माइकलले बहादुरीपूर्वक लडेर आक्रमणकारी लडाकुले आत्मसमर्पण गर्न बाध्य पारे । जर्मन नागरिक अशेनबाखले देशद्रोह गरेको फैसला गर्दै ३५ हजार अमेरिकी डलर जरिवाना तिर्न लगाइयो । त्यसयता सिल्याण्ड शान्त छ । सन् २०१२ मा राजकुमार पेडी रोय बेट्सको निधनपछि उनका छोराले सिल्याण्डको राजकुमार भएर शासन गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ५६ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार