एक जना किसानका लागि जब वुद्धले प्रवचन रोक्नुभयो « Khabarhub

एक जना किसानका लागि जब वुद्धले प्रवचन रोक्नुभयो


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एक पटक गौतम बुद्ध उपदेश दिनका लागि एक गाउँमा पुग्नुभएको थियो । उहाँको उपदेश सुन्नका लागि हजारौं मानिस उपस्थित थिए ।

त्यस सभामा गाउँका एक दरिद्र तर कर्मण किसान पनि उपस्थित भएका थिए । बुद्धको उपदेश सुन्ने ठूलो इच्छा थियो तर दुर्भाग्यवश उसको एक गोरु हराएको खबर उसले पायो । उ चिन्तामा पर्यो । एउटा गोरु फेला परेन भने आफ्नो काम कसरी हुन्छ भन्ने चिन्ताले उसलाई सतायो ।

उसको त पूरा जीवन नै त्यही गोरुमा निर्भर थियो । उ धर्मसंकटमा पर्यो कि हराएको गोरु खोजु कि बुद्धले प्रदान गर्ने धर्मोपदेश सुनु । आखिरमा उसले गोरु खोज्ने निर्णय गर्यो र त्यहाँबाट निस्कियो ।

अथक प्रयासपछि कृषकले हराएको गोरु राति फेला पार्यो । दिन भर थाकेको र भोकाएको कृषक सिधैं प्रवचन स्थल पुग्यो । उसले बुद्धलाई नमस्कार गर्यो ।

कृषकको थाकेको अनुहार देखेपछि वुद्धले खाना खुवाउन भिक्षुहरुलाई भन्नुभयो । उसले खाना खाएपछि वुद्धले उपदेश दिन सुरु गर्नुभयो । कृषक एकाग्र भएर बुद्धका वचनहरुलाई सुनिरहेका थिए । तर एक जना कृषकका लागि वुद्धले प्रवचन रोकेको भन्दै शिष्यहरुले खासखुस गरे ।

तब बुद्धले शान्त स्वरमा भन्नुभयोे, भिक्षुगण ति कृषकलाई मेरो उपदेश सुन्ने ठूलो इच्छा थियो तर उसको एक गोरु हरायो । यसबाट उसको कामहरु प्रभावित हुन सक्थ्यो । बाध्य भएर उ गोरु खोज्न गयो ।

दिन भर भोकै गोरु खोजेर मेरो उपदेश सुन्न आएको उसलाई उपदेश सुनाएको भए उसले त्यसलाई ग्रहण गर्न सक्दैन थियो । भोक भन्दा ठूलो समस्या र रोग संसारमा अर्को कुनै छैन । अन्य रोग त एक पटक चिकित्सकले वा उपचारले शान्त हुन्छ तर पेटको भोक निको पार्ने अन्य उपाय छैन, भोकाएको मानिसले केही ज्ञान लिन सक्दैन ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : २१ बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक