सुजुकी भी–स्ट्रोम ६५० एक्सटी नयाँ फिचर्सका साथ रिलिज, यस्तो छ मूल्य | Khabarhub Khabarhub

सुजुकी भी–स्ट्रोम ६५० एक्सटी नयाँ फिचर्सका साथ रिलिज, यस्तो छ मूल्य


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुजुकी मोटरसाइकलले भी स्ट्रोम ६५० एक्सटीलाई एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) भर्जनमा लञ्च गरेको छ ।

यसमा हजार्ड लाइट्स र साइड रिफलेक्टरजस्ता नयाँ विशेषता पनि थप गरेको छ । नयाँ फिचर्ससहित अपग्रेड गरिएपनि कम्पनीले भी स्ट्रोम ६ सय ५० एक्सटीको मूल्यमा पनि परिवर्तन गरेको छैन ।

भी स्ट्रोम ६ सय ५० एक्सटीको नयाँ मोडेल २०१९ मा कुनै मेकानिकल परिवर्तन भने गरिएको छैन । यसमा ६४५ सीसीको इन्जिन जडित छ । साथै भी–ट्वीन मोटर पनि उपलब्ध छ ।

इन्जिनिले ७० बीएचपीको अधिकत्तम पावर र ६८ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा २ मोड र १ अफमोड सामेल छ । यसका साथै यो बाइकमा ड्यूल–च्यानल एबीएस फिचर दिइएको छ ।

कम्पनीले भी स्ट्रोम ६ सय ५० एक्सटी मोटरसाइकलाई २ वटा फरक कलरमा लञ्च गरेको छ । यसमा च्याम्पियन एलो (पहेँलो) र पर्ल ग्लेसियर ह्वाइट (सेतो) कलर छ ।

भी स्ट्रोम ६ सय ५० एक्सटी २०१९ एबीएसमा १९ इन्चको प्रन्ट टायर छ । यस्तै रियरमा १७ इन्चको स्पोक्ड टायर छ ।

कम्पनीले भारतमा यसको मूल्य ७ लाख ४६ हजार भारु तोकेको छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलमा २० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । मोटरसाइकलको तौल २ सय १६ किलोग्राम छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : ४८ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको