‘यात्रा’ को टिजरमा लभ र एक्सन (भिडियो) « Khabarhub

‘यात्रा’ को टिजरमा लभ र एक्सन (भिडियो)


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सम्राट शाक्य निर्देशित फिल्म ‘यात्रा’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीवार आयोजित औपचारिक कार्यक्रममा फिल्मको टिजर सार्वजनिक गरियो । युट्युबमा समेत सार्वजनिक गरिएको यो टिजरलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा सलिनमान बानियाँ, प्रेक्षा बज्राचार्य, मालिका महत, सलोन बस्नेत लगायतको मुख्य भूमिका छ । फिल्मको टिजरमा सलोनलाई नेगेटिभ भूमिकामा प्रस्तुत गरिएको छ भने सलिनमानलाई प्रेमीको भूमिकामा देखाइएको छ ।

जाह्नवी बस्नेत, विशाल कट्वाल, धिरेन शाक्य, राजाराम पौडेल लगायत कलाकारले समेत अभिनय गरेको यो फिल्म यात्राका क्रममा हुने घटनालाई लिएर निर्माण गरिएको हो ।

फिल्ममा हिमाल केसीको द्वन्द्व, प्रविण सिंहको कोरियोग्राफी त्यस्तै प्रतीक पौडेल, सुरेश न्यौपाने र शिशिर खातीको लेखन रहेको छ । फिल्मको स्किृप्ट निर्देशक शाक्यल नै लेखेको यो फिल्म नयाँ वर्षको अवसर पारेर आउँदो चैत्र २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको