‘सालको पात टपरी’ का संगीतकार भन्छन् – रवि ओडलाई गीत सिकेर गाउन भनेको हुँ « Khabarhub

‘सालको पात टपरी’ का संगीतकार भन्छन् – रवि ओडलाई गीत सिकेर गाउन भनेको हुँ


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय ‘सालको पात टपरी’ ले लोकपारखीलाई मात्र होइन, अरु गीत सुन्ने स्रोताको ध्यान पनि उत्तिकै तानेको छ । स्टेज कार्यक्रमदेखि, बिहेको माहोलमा यही गीत बजिरहेको हुन्छ । गीतबाट गायिका विष्णु माझी, कुलेन्द्र विश्वकर्माको मात्र चर्चा नभएर संगीतकार बसन्त थापाको पनि उत्तिकै चर्चा भइरहेको छ ।

अहिले बसन्त थापा किन पनि चर्चामा छन् भने उनले ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडले आफ्नो गीत बिगारेर गाएको अभिव्यक्ति दिए । अभिव्यक्तिपछि ओडका फ्यानले विरोध गरिरहेका छन् थापालाई । सर्जक बसन्त थापा भने आफूले ओडले गीत गाएकाले विरोध नगरेको तर लोकगीतको मर्म नमर्ने गरी गाउन आग्रह गरेको बताए ।

खबरहबसँगको कुराकानीमा उनले भने, ‘पहिलो कुरा त नेपाल आइडलका विजेताले प्रतिलिपि अधिकारको बारेमा आफै बुझ्नुपर्ने हो, मैले गीत गाएकोमा आपत्ति जनाएको हैन, गीत सिकेर गाउन मेरो अनुरोध मात्र हो ।’

उनले लोकगीतको आफ्नै ‘मर्यादा’ हुने भएकाले अरु गायकलाई पनि गीत सिकेर मात्र गाउन आग्रह समेत गरे । आफ्नो गीतलाई अरु गायकले बिगारेर गाउन नहुने समेत उनले बताए ।

‘मैले त गीत नबिगारी गाउन मात्र अनुरोध गरेको हुँ, उहाँका फ्यानहरुले मलाई गाली गर्नुभएको छ, तर यसले फरक पर्दैन, यो उहाँहरुको सोच हो’, थापाले दुखेसो पोखे ।

पछिल्लो समय यो गीत लोकगीतको बजारमा तरंग ल्याउने गरी हिट भएको छ । यो गीतमा संगीत बसन्त थापाको छ भने शब्द नवराज पन्तका छन् । गीतलाई ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडले अस्ट्रेलियाको एक स्टेज कार्यक्रममा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३५ बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे