शीर्ष स्थानको एपीएफ र पुलिस क्लबबीच ५ अंकको अन्तर « Khabarhub

शीर्ष स्थानको एपीएफ र पुलिस क्लबबीच ५ अंकको अन्तर


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले विजयी यात्रा कायम राखेको छ । शनिबार ढोरपाटन भलिबल क्लबको कोर्टमा भएको खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ४—१ को सेटमा पराजित गर्र्दै ३९ अंक बनाएको छ ।

जसमा एपीएफ पहिलो सेटमा २२—२५ ले पराजित भएको थियो भने त्यसपछि लगातार २५–७, २५–१७ र २५–२१ को सेटमा पराजित गरेको थियो ।

यस्तै, अर्को खेलमा नेपााल प्रहरीको पुलिस क्लबले दाङलाई ३—० को सेटमा पराजित गरेको थियो । जसमा पुलिसले दाङलाई २५–१२, २५–१० र २५–९ को सेटमा पराजित गरेको थियो । पश्चिमाञ्चल भलिबल क्लबले सेव भलिबल क्लबलाई २५–९, २९–२७ र २५–८ को सेटमा पराजित गरेको थियो ।

दोस्रो स्थानमा रहेको पुलिसको ३४ अंक तथा आर्मीको २९ अंक रहेको छ भने पश्चिमाञ्चलको २२ अंक रहेको छ ।

त्यस्तै, १४—१४ वटा खेल खेलेका सेवको १४, चितवन टाइगर्सको १३ तथा श्रीगाउँको ११ अंकरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५