ब्रिसबेन विमानस्थलमा यात्रूले आफूसँग बम छ भनेपछि... | Khabarhub Khabarhub

ब्रिसबेन विमानस्थलमा यात्रूले आफूसँग बम छ भनेपछि…


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाको ब्रिस्बेन विमानस्थलमा आफूसँग बम छ भनेर धम्क्याउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अष्टे«लियाको क्विन्सल्याण्ड राज्यका प्रहरीले ब्रिस्बेन विमानस्थलबाट ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको जनाएका छन् ।

ब्रिस्बेन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा शनिबार बेलुकी ९ बजे ती व्यक्तिले एक महिलासँग विवादका क्रममा छुरी निकालेको र आफूसँग बम रहेको बताएका थिए । उनले सार्वजनिक स्थलमा त्रास पैदा गरेको र सार्वजनिक सुरक्षामा चुनौति पेश गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरीले उनको साथबाट बमजस्तो देखिने वस्तु समेत बरामद गरेको जनाएको छ । यद्यपि यस घटना आतंकवादी प्रकृतिको नभएको र बम भएको हल्ला फैलाउने मानिस मानसिक रोगी भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ३२ बजे

प्रतिनिधिसभा बैठक बस्दै,सम्बन्धित मन्त्रीहरुले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन