आँचलले माफी माग्ने, पललाई दुख्ने? | Khabarhub Khabarhub

आँचलले माफी माग्ने, पललाई दुख्ने?


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनअघि मात्र एक फिल्मको कार्यक्रममा आँचल शर्माले पत्रकारसँग आफूले गल्ती गरेको भए सरी भन्दै माफी मागिन् ।माफी माग्नुपर्ने खास कारण त केही थिएन तर उनले पत्रकारसँग झर्केकोमा यदि कसैलाई असर पुगेको भए माफी चाहन्छु भन्दै माफी मागेकी थिइन् ।

आँचललाई कसैले उल्टोपाल्टो प्रश्न सोध्यो भने रिस उठिहाल्छ । पत्रकारले यसैको फाइदा उठाउँदै प्रश्न गर्छन् । यसैलाई लिएर पत्रकारले ठूलो कुरा गर्ने भन्दै आँचललाई बारम्बार प्रश्न सोध्ने गर्छन् । यता आँचल पनि पत्रकार सम्मेलनमा झोँक्किन्छिन् र पछि माफी माग्छिन् ।

कार्यक्रममा आँचलले माफी मागेपछि पल शाहले सामाजिक सञ्जालमा फेसबूक स्टाटस लेखेर माफी मागेको कुरालाई लिएर टिप्पणी गरे ।

उनले आँचलले माफी माग्न जरुरी नभएको र विमानस्थलमा राति बाह्र बजेसम्म काम गर्नु पत्रकारको काम भएको बताए ।

त्यसपछि फिल्म क्षेत्रमा के हल्ला चल्न थालेको छ भने आँचलले माफी माग्दा पललाई किन मन दुखेको होला? जबकि, यी दुई प्रेममा छन् भनेर फिल्मकर्मीको खासखुस सुनिने गर्छ । यतातिर अहिले आएर पलले सार्वजनिक रुपमै आँचलप्रति चासो देखाएको कुरालाई पनि कतिपयले टिप्पणी गरेका छन् ।

अर्कातिर पल पनि आँचलले माफी मागेकै कारण पत्रकारप्रति अविश्वास देखाएका हुन् कि भन्ने पनि अड्कल गर्न थालिएको छ । जे भए पनि आँचललाई केही हुँदा पलको मन दुख्ने रहेछ भन्ने चाहिँ पलले बेलाबेलामा पलले सङ्केत दिने गर्छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : १६ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय