आँचलले माफी माग्ने, पललाई दुख्ने? « Khabarhub

आँचलले माफी माग्ने, पललाई दुख्ने?


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनअघि मात्र एक फिल्मको कार्यक्रममा आँचल शर्माले पत्रकारसँग आफूले गल्ती गरेको भए सरी भन्दै माफी मागिन् ।माफी माग्नुपर्ने खास कारण त केही थिएन तर उनले पत्रकारसँग झर्केकोमा यदि कसैलाई असर पुगेको भए माफी चाहन्छु भन्दै माफी मागेकी थिइन् ।

आँचललाई कसैले उल्टोपाल्टो प्रश्न सोध्यो भने रिस उठिहाल्छ । पत्रकारले यसैको फाइदा उठाउँदै प्रश्न गर्छन् । यसैलाई लिएर पत्रकारले ठूलो कुरा गर्ने भन्दै आँचललाई बारम्बार प्रश्न सोध्ने गर्छन् । यता आँचल पनि पत्रकार सम्मेलनमा झोँक्किन्छिन् र पछि माफी माग्छिन् ।

कार्यक्रममा आँचलले माफी मागेपछि पल शाहले सामाजिक सञ्जालमा फेसबूक स्टाटस लेखेर माफी मागेको कुरालाई लिएर टिप्पणी गरे ।

उनले आँचलले माफी माग्न जरुरी नभएको र विमानस्थलमा राति बाह्र बजेसम्म काम गर्नु पत्रकारको काम भएको बताए ।

त्यसपछि फिल्म क्षेत्रमा के हल्ला चल्न थालेको छ भने आँचलले माफी माग्दा पललाई किन मन दुखेको होला? जबकि, यी दुई प्रेममा छन् भनेर फिल्मकर्मीको खासखुस सुनिने गर्छ । यतातिर अहिले आएर पलले सार्वजनिक रुपमै आँचलप्रति चासो देखाएको कुरालाई पनि कतिपयले टिप्पणी गरेका छन् ।

अर्कातिर पल पनि आँचलले माफी मागेकै कारण पत्रकारप्रति अविश्वास देखाएका हुन् कि भन्ने पनि अड्कल गर्न थालिएको छ । जे भए पनि आँचललाई केही हुँदा पलको मन दुख्ने रहेछ भन्ने चाहिँ पलले बेलाबेलामा पलले सङ्केत दिने गर्छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : १६ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई