पुरातात्विक सम्पदा माथि मानवीय प्रहार, पाटन दरवार क्षेत्र अतिक्रणको चपेटामा « Khabarhub

पुरातात्विक सम्पदा माथि मानवीय प्रहार, पाटन दरवार क्षेत्र अतिक्रणको चपेटामा


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुरको मुख्य आकर्षण केन्द्र मानिएको पाटन दरबार स्क्वायर क्षेत्र । त्यस दरवार स्क्वायर क्षेत्रको विकास कहिले भयो भनेर स्पष्ट इतिहास छैन । तर, करिव चार शताब्दी पहिले मल्लकालिन शासन कालमा निर्माण भएको भएको विश्वास रहिआएको छ ।

पाटन दरबार क्षेत्रको मुख्य आकर्षण भनेको कृष्ण मन्दिर, त्यसैगरी ललितपुरको सबैभन्दा अग्लो मन्दिर तलेजु भवानी मन्दिर, विश्वनाथ मन्दिर र भिमसेन मन्दिर नै हुन् । तर, विश्व सम्पदा सूचिमा सूचिकृत ती क्षेत्र पछिल्लो समय मानविय अतिक्रमणको चपेटामा परेका छन् ।

यो या त्यो विभिन्न बहानामा यी पुरातात्वीक सम्पदामाथि प्रहार गर्ने काम भइरहेको छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलका अनुसार, अहिले त्यस क्षेत्रमा १ सय भन्दा बढी पसल सञ्चालनमा छन् । ती मध्य ४० वटा पसल हटाउनु पर्ने कार्यालयको निश्कर्ष थियो ।

पर्यटकीय दृष्टिकोणका आधारमा पाटन दरबार क्षेत्रमा पर्यटकको आकर्षण बढाउन दरबार क्षेत्र खुला बनाउने उद्देश्यले गुठी संस्थान, पुरातत्व विभाग र ललितपुर महानगरको संयुक्त प्रयासमा पसलहरु खाली गर्ने योजना बनेको थियो । सोही अनुरुप तीन वटै निकायको सहमतिमा गत पुस महिनामै पसल हटाउन भन्दै दुई हप्ते सूचना समेत जारी गरियो । तर, तीन महिना वित्दा समेत न त ब्यापारीहरुले पसल खाली गरे नत नियमनकारी निकायले हटाउन नै सक्यो । पुस्तौं देखि व्यापार गर्दै आएका रैथाने व्यापारीले ओगटेको दरवार क्षेत्रको ठाउ“ छोड्न अटेर गर्दै आएका छन् ।

कि त खाली गर्ने सूचना जारी नै नगर्नु तर सूचना नै जारी गरेपछि पसल हटाउन किन पछि हट्यो नियमनकारी निकाय ? दरबार क्षेत्रमा व्यापार गर्न स्थान उपलब्ध गराए बापत भाडा उठाउँदै आएको गुठी संस्थानका प्रवक्ता सरोथ थपलिया व्यापारीले ठाउँ खाली गर्न केही समय मागेकाले आफूहरु मौन बसेको दाबी गर्छन् । तर, ब्यापारीहरुले कहिले सम्म समय माग गरेका छन् भन्ने गुठी संस्थानलाई नै थाहा छैन ।

गुठी संस्थानले यस क्षेत्रबाट ब्यापारी स“ग एउटा सटरको कम्तीमा ४ सय देखि १२ हजार सम्म भाडा उठाउ“दै आएको छ । १५ दिने सूचना टाँसेको तीन महिना सम्म पनि ब्यापारीहरु खुलेआम रुपमा ब्यापार गरिरहेछन् । उनिहरु कुनै हातलमा पसल खाली गराउने पक्षमा नै देखिदैनन् ।

हुनपनि १६ औं सताब्दीदेखि नाम कमाएको पाटन दरबार क्षेत्रमा पुस्तौदेखि दरबार क्षेत्रको अतिक्रमण हुँदै आएको छ । तर, यहाँका रैथाने व्यापारी भोगचलन गरिआएको ठाउँ छोड्न अझै राजी छैनन् । जसले दरवार क्षेत्रको पुनर्निर्माणमा त प्रभाव पारेको छ नै दरबार क्षेत्रको सुन्दरता समेत विगारेको छ । यस तर्फ नियमनकारी निकायको ध्यान पुग्नै पर्छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ५१ बजे

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न