आईपीएल क्रिकेट : कोहलीको टिम बैंङ्लोरको लगातार चौथो हार « Khabarhub

आईपीएल क्रिकेट : कोहलीको टिम बैंङ्लोरको लगातार चौथो हार


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्चर्स बैंङ्लोरले लगातार चौथो हार ब्यहोरेको छ । भारतीय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको टोली बैंङलोर मंगलबार राति राजस्थान रोयलसँग उसुको घरेलु मैदानमा ७ विकेटले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंङ्लोरले निर्धारित २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ५८ रन बनाएपछि राजस्थानले १ सय ५९ रनको लक्ष्य पाएको थियो ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १ बल बाँकी छँदै ३ विकेट गुमाएर १सय६४ रन बनाउँदै पुरा गर्यो । राजस्थानका लागि अविजित रहेका राहुल त्रिपाठीले ३४ रन बनाउने क्रममा विजयी छक्का प्रहार गरे । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै, जोस बटल्रले अर्धशतकसहित ५८ रन बनाए । उनले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गरे । स्टेभन स्मिथले ३८ रन र कप्तान अजिनक्या राहाणेले २२ रन बनाएका थिए । राजस्थानविरुद्ध बैंङ्लोरका युज्वेन्द्र चाहालले दुई र मोहम्मद सिराजले एक विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गरेको बैंङ्लोरका लागि पृथ्वी पटेलले अर्धशतकसहित ६७ रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, मार्कुस स्टोनिसले ३१ रन बनाए भने कप्तान कोहलीले २३ र एबि डि भिलियर्सले १३ रन बनाए ।

बेैंङ्लोरविरुद्ध श्रयस गोपालले तीन विकेट लिए भने जोर्फा आर्करले १ विकेट लिए । बैंङ्लोरविरुद्धको खेलमा राजस्थानका बलर श्रयस गोपाल म्यान अफ दि म्याच घोषीत भए । उनले बेंङ्लोरका महत्वपूर्ण तिन विकेट लिएका थिए । जसमा कप्तान विराट कोहली, एबि डि भिलियर्स र सिम्रोन हेट्मायर छन् ।

जीतसँगै राजस्थानले ४ खेल खेलेको राजस्थानले २ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ भने लगातार चौथो हार ब्यहोरेको बैंङ्लोर लिगको पुछारमा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ३३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।