एसईई परीक्षा – प्रहरीबाटै प्रश्नपत्र आउट « Khabarhub

एसईई परीक्षा – प्रहरीबाटै प्रश्नपत्र आउट


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषय प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई व्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य रोखका छन् ।

महाविनाश कच्ची संरचनाले शीषर्ककको समाचारमा विनाशकारी हुरीले ध्वस्त बनाएका बारा र पर्साका करिब १९ सय घरमध्ये अधिकांस फुस र खपडा तथा माटोले बनेका कच्ची संरचना थिए । घाइतेको उपचारमा अझै समस्या भइरहेको छ । चिकित्सकलाई भ्याइनभ्याईको स्थिति छ ।

हावाहुरीको सम्भावना अझै जारी छ । उपचाररत बिरामीमध्ये धेरै खतरा मुक्त भएका छन् । पीडितहरुले बास देउ, खानेकुरा देउ भन्न थालेका छन् । अहिले सुँगुरको खोरमाबस्नुपर्ने बाध्यता छ। त्यस्तै सुत्केरी र नाबालक शिशुको अवस्था दयनीय बन्दै गएको छ ।

आँधीले भत्काएका अधिकांश घर कमजोर संरचनाका थिए । अधिकांश ज्यान गुमाउनेहरू त्यस्तै घरको संरचनामा थिचिएका थिए । ‘अधिकांशको इच्छा वैदेशिक रोजगारबाट कमाएको पैसाले पक्की घर निर्माण गर्ने हुँदोरहेछ,’ भरबलियाका वीरेन्द्र साह भन्छन्, ‘तर त्यस्ता पक्की घर नाम मात्रको भएको देखिएको छ ।’

मापदण्ड पुर्‍याएर निर्माण नगरिएकाले पक्की भनिएको घरको इँट्टाले थिचिएर अधिकांशको मृत्यु भएको छ । उक्त क्षेत्रका सांसद रामबाबु यादवले कमजोर हिसाबले निर्माण गरिएका घरमा बढी क्षति भएको बताए । ‘कम समयमै बढी क्षति भएको छ । अब निर्माण हुने संरचना मापदण्ड पुर्‍याएर निर्माण गरिनुपर्ने देखिन्छ,’ उनले भने ।

न्यायमूर्तिहरुको भागबन्डा शीर्षकको समाचारमा २२ न्यायाधी सिफारिस गरिएको छ। सर्वोच्च अदालतका पाँचसहित २२ न्यायाधीशको नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा सिफारिस भएको पत्रिकामा खबर छ । सर्वोच्चका लागि प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा छन् । नेपाल बारका पूर्वअध्यक्ष अधिवक्ता शम्भु थापाले न्यायालयलाई पनि खेलौना बनाउन खोजिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ४७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४