एसईई परीक्षा – प्रहरीबाटै प्रश्नपत्र आउट « Khabarhub

एसईई परीक्षा – प्रहरीबाटै प्रश्नपत्र आउट


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषय प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई व्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य रोखका छन् ।

महाविनाश कच्ची संरचनाले शीषर्ककको समाचारमा विनाशकारी हुरीले ध्वस्त बनाएका बारा र पर्साका करिब १९ सय घरमध्ये अधिकांस फुस र खपडा तथा माटोले बनेका कच्ची संरचना थिए । घाइतेको उपचारमा अझै समस्या भइरहेको छ । चिकित्सकलाई भ्याइनभ्याईको स्थिति छ ।

हावाहुरीको सम्भावना अझै जारी छ । उपचाररत बिरामीमध्ये धेरै खतरा मुक्त भएका छन् । पीडितहरुले बास देउ, खानेकुरा देउ भन्न थालेका छन् । अहिले सुँगुरको खोरमाबस्नुपर्ने बाध्यता छ। त्यस्तै सुत्केरी र नाबालक शिशुको अवस्था दयनीय बन्दै गएको छ ।

आँधीले भत्काएका अधिकांश घर कमजोर संरचनाका थिए । अधिकांश ज्यान गुमाउनेहरू त्यस्तै घरको संरचनामा थिचिएका थिए । ‘अधिकांशको इच्छा वैदेशिक रोजगारबाट कमाएको पैसाले पक्की घर निर्माण गर्ने हुँदोरहेछ,’ भरबलियाका वीरेन्द्र साह भन्छन्, ‘तर त्यस्ता पक्की घर नाम मात्रको भएको देखिएको छ ।’

मापदण्ड पुर्‍याएर निर्माण नगरिएकाले पक्की भनिएको घरको इँट्टाले थिचिएर अधिकांशको मृत्यु भएको छ । उक्त क्षेत्रका सांसद रामबाबु यादवले कमजोर हिसाबले निर्माण गरिएका घरमा बढी क्षति भएको बताए । ‘कम समयमै बढी क्षति भएको छ । अब निर्माण हुने संरचना मापदण्ड पुर्‍याएर निर्माण गरिनुपर्ने देखिन्छ,’ उनले भने ।

न्यायमूर्तिहरुको भागबन्डा शीर्षकको समाचारमा २२ न्यायाधी सिफारिस गरिएको छ। सर्वोच्च अदालतका पाँचसहित २२ न्यायाधीशको नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा सिफारिस भएको पत्रिकामा खबर छ । सर्वोच्चका लागि प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा छन् । नेपाल बारका पूर्वअध्यक्ष अधिवक्ता शम्भु थापाले न्यायालयलाई पनि खेलौना बनाउन खोजिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ४७ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित