नागरिकता फिर्ता गर्दै तेस्रो लिङ्गी, अधिकार खुम्च्याइएको आरोप « Khabarhub

नागरिकता फिर्ता गर्दै तेस्रो लिङ्गी, अधिकार खुम्च्याइएको आरोप


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न  भएका छन् ।

पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जनाएका छन्।

तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँग अन्तरक्रिया कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गी आन्दोलनका अगुवाहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष पिङ्की गुरुङले यसअघि देशभरका २०० तेस्रो लिङ्गीले नागरिकतामा अन्य लिङ्ग उल्लेख गरेर लिएको भए पनि हालका दिनमा नागरिकताका लागि झन असहज हुँदै गएको जनाइन् ।

सङ्घीय संसद्ले नागरिकतामा तेस्रो लिङ्गी पहिचान उल्लेख गर्न निर्धारण गरेका केही शर्तहरुले लैङ्गिक अल्पसङ्ख्यकको सवालमा साँघुरो सोचाइ राखेको उनकाे आरोप छ ।

उनले फौजदारी तथा देवानी संहिताले पनि तेस्रो लिङ्गीको अधिकारलाई खुम्च्याएको उल्लेख गरे । संसद्ले पहिचान उल्लेखका लागि व्यक्तिले लिङ्ग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले तेस्रो लिङ्गी भएको प्रमाणित गर्नुपर्नेलगायतका शर्तहरु राखेर नागरिकता विधेयक ल्याउन लागेको जिकिर गरे ।

तेस्रो लिङ्गीको हकहितमा क्रियाशील फ्रेन्ड्स हेटौँडाका प्रमुख डियर किरणले तेस्रो लिङ्गी हुनु भनेको रोग नभएर महिला पुरुष भने जस्तै छुट्टै लैङ्गिकता जनाउने भावना भएकाले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण र सोच सच्याउनुपर्ने उल्लेख गरे ।

सुरज थापाबाट डियर किरण बनेकी उनले तेस्रो लिङ्गी पनि महिला र पुरुष जत्तिकै समाज र देशलाई योगदान दिन सक्ने नागरिक भएको बताइन् ।

जन्मँदा छोरा भएर जन्मिकी हेटौँडाकी अजिता भुजेलले तेस्रो लिङ्गी भएकै कारण आफूलाई घरबाट निकालिएको र सडकमा समेत दुःख पाएको बताइन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले लैङ्गिक अल्पसङ्ख्यकको हकहितको पक्षमा आफू सकारात्मक रहेको उल्लेख गर्दै आर्थिक सशक्तिकरणका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : ५८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको