जम्ला त अनमोल र सुहानाको जोडी ? « Khabarhub

जम्ला त अनमोल र सुहानाको जोडी ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ रिलिज भएको धेरै भएको छैन । उनको करिअरमै पहिलोपटक छोटो समयमा अनमोलको अर्को फिल्म रिलिज हुँदैछ, ‘ए मेरो हजुर ३’ ।

यो फिल्ममा अनमोललाई एक स्टारका रुपमा देखिनेछ भने झरना थापाकी छोरी सुहानालाई फ्यानका रुपमा देख्न पाइनेछ । निर्माण टिमको दाबीअनुसार यो फिल्ममा एक स्टार र फ्यानको कथा छ । जुन कथालाई झरना थापाले निर्देशन गरेकी छिन् । लामो समय नायिका बनेर निर्देशक बनेकी झरनाले पहिलोपटक निर्देशन गरेको ‘ए मेरो हजुर २’ पनि व्यावसायिक रुपमा सफल भएको थियो ।

फिल्म ‘ए मेरो हजुर ३’ को पनि यतिबेला चर्चा छ । फिल्ममा अनमोल र सुहानाको जोडी हुनेछ । निर्देशक थापाकै भनाइ अनुसार फिल्ममा सुहानाको ‘ए मेरो हजुर’ अनमोल हुनेछन् ।

ट्रेलर तथा गीतले राम्रो हाइप बनाइरहँदा अनमोल र सुहानाको जोडीलाई लिएर फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् । धेरै फ्यानले अनमोल र सुहानाको जोडी ‘फिट’ देखिएको प्रतिक्रिया दिएका छन् ।

के फिल्ममा अनमोल र सुहानाको जोडी चाखलाग्दो देखिएला ? निर्माण टिमका अनुसार त फिल्ममा अनमोल–सुहाना जोडी फिट देखिएको छ । फिल्मले दर्शकको मन बुझाउँछ या बुझाउँदैन भन्ने हेर्नका लागि भने चैत्र २९ नै कुर्नुपर्ने छ ।

प्रचारका साम्रगीबाट हाइप बनाएको यो फिल्मलाई प्रतीक्षित फिल्म भनिएको छ । अब दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने बुझ्न भने केही समय कुरे पुग्नेछ । सोही नाम ‘ए मेरो हजुर’ का दुई फिल्म यसअघि सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : ४६ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको