किन लाग्छ झाडापखाला ? लक्षण, उपचार र बच्ने तरिका « Khabarhub

किन लाग्छ झाडापखाला ? लक्षण, उपचार र बच्ने तरिका


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

२४ घण्टामा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पालतो दिसा लाग्नु झाडापखालाको लक्षण हो । झाडापखाला लाग्दा शरीरमा पानी, नुन, खनिज पदार्थ तथा पोषक तत्वहरु खेर जान्छ ।

झाडापखला सूक्ष्म जीवाणुको कारण लाग्ने गर्छ । यो रोग कुपोषित, फोहोर खाना पानी र फोहोर वातावरणमा रहने तथा व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसलाई बढी लाग्छ । यो रोगको जीवाणु पानी, खाना र हातको माध्यमबाट शरीरमा प्रवेश गर्छ र मानिसलाई झाडापखला हुन्छ । झाडापखालाका कीटाणुहरु गर्मी मौसममा बढी सक्रिय हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्छ ।

झाडापखालाका लक्षण यी हुन्

–दिनमा ३ पटक भन्दा बढी दिसा लाग्नु ।

–बान्ता हुनु ।

–शरीरमा पानीको मात्रा कम हुँदै जानु ।

–आँखा गड्ने ।

–पिसाब थोरै हुने ।

–बिरामी शिथिल हुँदै जाने ।

–बच्चाले दूध चुस्न नसक्ने ।

–रुँदा आँसु नआउने ।

–पेट दुख्ने ।

यस्ता लक्षण देखिनु झडापखालाको लक्षण हो । झाडापखाला भएका बिरामीले समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले झाडापखाला लागेमा उपचार गर्नुपर्छ । झाडापखालाको उपचार घरमै पनि गर्न सकिन्छ ।

झाडापखाला लागेमा यस्तो गर्नुस्

–पुनर्जलीय झोल बनाएर खाने ।

–उमोलेको पानी, भातको माड, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने ।

–स्तनपान गराइरहेको शिशूलाई झाडापखाला भएमा धेरै पटक स्तनपान गराउने ।

–पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाहमा पुनर्जलीय झोलसँगै जिङ्क चक्की खुवाउने ।

–पुनर्जलीय झोल खादा पनि झाडापखाला निको नभएमा स्वास्थ्यसंस्थामा लैजानुपर्छ ।

रोगलागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम मानिन्छ । स्वास्थ्य र सरसफाइमा ध्यान दिएमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ ।

झाडापखाला लाग्नबाट कसरी बच्ने ?

–साबुन पानीले मिचिमिचि हात धुने बानी बसाल्ने ।

–राम्ररी पाकेको खानेकुरा खाने ।

–ताजा खानेकुरा मात्र खाने ।

–खानेकुरालाई झिँगा, धुलोबाट सुरक्षित राख्ने ।

–काँचै खाने तरकारी तथा फलफूल राम्रोसँग पखालेर खाने ।

–पानी शुद्धिकरण गरेर मात्रै पिउने ।

–शौचालयमा मात्रै दिसापिसाब गर्ने ।

–फोहारमैलालाई उचि तरिकाले विसर्जन गर्ने ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ३६ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र