नेपाल एयरलाइन्सको लापरबाही : १७६ यात्रु बसिसकेपछि किन उडेन आरए २३१ ? « Khabarhub

नेपाल एयरलाइन्सको लापरबाही : १७६ यात्रु बसिसकेपछि किन उडेन आरए २३१ ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यात्रु विमानमा बसिसकेपछि नेपाल एयरलाइन्सको आरए २३१ विमानको उडान रद्ध भएको छ । विमानस्थलले राति १० बजेपछि उडान गर्न नमिल्ने भनेपछि उडान रद्ध भएको एयरलाइन्सको दाबी छ । तर, विमानस्थलको कारण नभई एयरलाइन्सकै कमजोरीका कारण विमान नउडेको आशंका गरिएको छ ।

अध्यागम कार्यालयका अधिकृत दिपक ओझाले विमानस्थलको स्तरवृद्धिका लागि विमानस्थल बन्द गर्ने समय १० बजेको भनेर उडान भर्न नदिएको बताइएको छ । तर, अन्तर्राष्ट्रिय अन्य उडान भएको बेला नेपाल एयरलाइन्सको मात्र उडान कसरी रद्ध भयो भनेर प्रश्न गरिएको छ ।


सार्वजनिक गरिएको विमानको उडान तालिका अनुसार विमान राति सवा ९ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्ने तालिका थियो । यो विमान रातिको सवा १२ बजे दुवईको अल माक्तोम विमानस्थलमा अवतरण हुने तालिका सार्वजनिक भएको थियो ।

एयरलाइन्सले विमानस्थलको कारण देखाएपनि निर्धारित समयमा उडान नभएकाले एयरलाइन्सकै खराबी भएको आंकलन गरिएको छ ।
काठमाडौंबाट दुवईका लागि उडान भर्न लागेको आरए २३१ विमानमा १ सय ७६ यात्रु र १४ चालक दलका सदस्यसहित १ सय ९० जना लिएर उड्ने उडान तालिका तय भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ३८ बजे

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु