ब्रेक्जिटको म्याद फेरि थपिने « Khabarhub

ब्रेक्जिटको म्याद फेरि थपिने


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायती प्रधानमन्त्री टेरिजा मेले बेलायत युरोपेली युनियन इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको अन्तिम मिति बढाउनका लागि प्रयास गर्ने जनाएकी छिन् ।

आफ्ना मन्त्रीहरुसँग ७ घण्टाभन्दा धेरै बैठक गरेपछि मेले बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा वक्तव्य जारी गर्दै ब्रेक्जिटको मिति आगामी १२ अप्रिलबाट छोटो समयका लागि बढाउन प्रयास गर्ने जनाएकी हुन् । यसबारे मेले चाँडै इयुका वरिष्ठ पदाधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।

यसअघि पनि मेले इयुसँग बे्रक्जिटको म्याद मार्च २९ बाट बढउने सम्झौता गरेकी थिइन् । बे्रक्जिटको म्याद बढाउने इयुसँगको सम्झौता अनुसार मार्च २९ भित्र मेकोे प्रस्ताव संसद्ले पारित गरे बे्रक्जिटको म्याद मे २२ सम्म पुर्‍याउने र मे को प्रस्ताव मार्च २९ भित्र पारित नभएमा अप्र्रिल १२ सम्म सार्न सकिने थियो । अन्यथा बेलायत इयुसँग बिना कुनै सम्झौता बाहिरिनुपर्ने प्रावधान छ । तर, मार्च २९ भित्र मेको प्रस्ताव पारित हुन नसकेकाले निकट भविष्यमा ब्रेक्जिटको म्याद थप्नेबारे इयुसँग कुनै सम्झौता नभएको अवस्थामा बेलायत आगामी अप्रिल १२ मा बेलायतबाट बिना कुनै सम्झौता बाहिरिँदै छ ।

अर्कोतर्फ प्रधानमन्त्री मेले इयुसँग गरेको सम्झौताको प्रस्ताव बेलायती संसद्ले तीन पटकसम्म अस्वीकार गरिसकेको छ भने संसद्ले बेलायत कुनै पनि हालतमा इयुबाट बाहिरिँदा कुनै सम्झौता बेगर बाहिरिन नसक्ने भनी गैर बाध्यात्मक प्रस्ताव पनि पारित गरिसकेको छ । यस्तो अवस्थामा ब्रेक्जिटका विषयमा धेरै वटा धारमा विभाजित बेलायती संसद्का बहुमत सदस्यलाई चित्त बुझ्ने गरी अप्रिल १२ अगावै इयुसँग सम्झौता गर्न प्रधानमन्त्री मेमाथि ठूलो दबाब छ ।

त्यस्तै, उनले बे्रक्जिटबारे विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनसँग पनि छलफल गर्ने जनाएकी छिन् । कोर्बेनसँगको छलफलमा बेक्जिटबारे कुनै भरपर्दो सहमति बन्ने र त्यसले संसद्का सदस्यहरुको आवश्यक मत प्राप्त गरी पारित हुनेमा मेको विश्वास छ ।

कोर्बेनले बे्रक्जिटबारे सम्झौता गर्दा बेलायत युरोपेली भन्सार युनियनमै रहनुपर्ने, युरोपेली एकल बजारमा पनि बेलायत रहनुपर्ने र बेलायती कामदारको अधिकार प्राथमिकतामा रहनुपर्ने बताउँदै आएका छन् । लचिलो ब्रेक्जिटको पक्षमा रहेका विपक्षी नेता कोर्बेनले ब्रेक्जिटबारे प्रधानमन्त्री मेसँग छलफल गर्दा आफू ‘धेरै खुशी हुने’ प्रतिक्रिया दिएका छन् ।

यता बेक्जिटको म्याद बढाउने र विपक्ष दलका नेतासँग छलफल गर्ने घोषणा लगत्तै प्रधानमन्त्री मेकै दलकन्जरभेटिभ पार्टीका युरोपेली युनियनविरोधी कट्टर दक्षिणपन्थी नेताहरुले भने निन्दा गरेका छन् ।

कन्जरभेटिभ पार्टीका कट्टर इयुविरोधी नेता ज्याकोव रिइस मोर्गनले प्रधानमन्त्री मेले विपक्षी नेतालाई भेटेर छलफल गर्दा ब्रेक्जिटबारे भएको जनमत सङ्ग्रह अनुसार नतिजा नआउने हुनसक्ने जनाएका छन् । उनले ब्रेक्जिटको म्याद बढाउने र विपक्षी नेतासँग भेटेर ब्रेक्जिटबारे छलफल गर्ने प्रधानमन्त्री मेको कदम प्रति असन्तुष्टि व्यक्त गर्दै यस कदम राष्ट्रिय स्वार्थ विपरीत भएको समेत प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १ : २८ बजे

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको

महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आइतबार

महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौं महानगरपालिकाले कार्तिक १४ गतेदेखि अहिलेसम्म २ हजार ८३

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा कार्यक्रम सुरु (तस्बिरहरू)

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष

लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने