न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन शुरु, देशभरका ५ सय न्यायाधीश सहभागी « Khabarhub

न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन शुरु, देशभरका ५ सय न्यायाधीश सहभागी


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ । बुधबार(आज) बाट शुरु भएको सम्मेलन शुक्रवारसम्म चल्ने छ । सम्मेलनमा देशभरका न्यायाधीशरुले भाग लिएका छन् ।

सर्वोच्च र उच्च अदातलका लागि मंगलबार सिफारिस भएका न्यायाधीशहरुका बारेमा विभिन्न टिक्काटिप्पणी भइरहेको बेलामा शुरु भएको यो सम्मेलनलाई चासोका साथ हेरिएको छ ।

सम्मेलनको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको राष्ट्रिय सभागृहमा गरेकी छिन् ।

सम्मेलनमा भाग लिन जिल्ला अदालतका २ सय ३५ र उच्च अदालतका १ सय ४४ सहित देशभरका करिब ५ सय न्यायाधीशहरु काठमाडौँमा भेला भएका छन्। सम्मेलनमा न्यायपालिकासम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत कार्यक्रम रहेको छ ।

यो तेस्रो सम्मेलन हो । यसअघि २०७१ साल मंसिरमा न्यायाधीशहरुको दोस्रो सम्मेलन भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  २ : ५० बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्