न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन शुरु, देशभरका ५ सय न्यायाधीश सहभागी « Khabarhub

न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन शुरु, देशभरका ५ सय न्यायाधीश सहभागी


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ । बुधबार(आज) बाट शुरु भएको सम्मेलन शुक्रवारसम्म चल्ने छ । सम्मेलनमा देशभरका न्यायाधीशरुले भाग लिएका छन् ।

सर्वोच्च र उच्च अदातलका लागि मंगलबार सिफारिस भएका न्यायाधीशहरुका बारेमा विभिन्न टिक्काटिप्पणी भइरहेको बेलामा शुरु भएको यो सम्मेलनलाई चासोका साथ हेरिएको छ ।

सम्मेलनको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको राष्ट्रिय सभागृहमा गरेकी छिन् ।

सम्मेलनमा भाग लिन जिल्ला अदालतका २ सय ३५ र उच्च अदालतका १ सय ४४ सहित देशभरका करिब ५ सय न्यायाधीशहरु काठमाडौँमा भेला भएका छन्। सम्मेलनमा न्यायपालिकासम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत कार्यक्रम रहेको छ ।

यो तेस्रो सम्मेलन हो । यसअघि २०७१ साल मंसिरमा न्यायाधीशहरुको दोस्रो सम्मेलन भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  २ : ५० बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर