कम्पास रिक्रुटमेन्ट म्यानपावरकी म्यानेजर थापा पक्राउ « Khabarhub

कम्पास रिक्रुटमेन्ट म्यानपावरकी म्यानेजर थापा पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीकी म्यानेजर बिमला थापालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलमा सेटिङ मिलाएरा दुई जनालाई दुबई पठाउन लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचना पाएपछि थापामाथि निगरानी बढाएको महाशाखाले  प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँ लिएर दुबई पठाउने तयारी गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

बेरोजगार युवाहरुलाई भिजिट भिसामा दुबई पठाउने र उता वर्किङ भिसा मिलाइदिने प्रलोभन देखाएर उक्त म्यानपावरले ठगी गर्ने गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।

कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीका सञ्चालक गिरिराज घिमिरे भने फरार छन् । फरार घिमिरेको खोजी भइरहेको प्रहरीले जनाएको छ । कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीले लामो समयदेखि विमानस्थल सेटिङ गरी भिजिट भिसामा युवाहरुलाई खाडी पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय विमानस्थल सेटिङमा केही म्यानपावर कम्पनी सक्रिय रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार केही समयअघिसम्म ट्राभल एजेन्सीले नै भिजिट भिसामा कामदार पठाउँदै आएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : २८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं