शेयर बजारमा सामान्य वृद्धि « Khabarhub

शेयर बजारमा सामान्य वृद्धि


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मङ्गलबार दोहोरो अंकको वृद्धि भएको शेयर बजार बुधबार भने सामान्य अंकले मात्र वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।

धितोपत्र बजारमा आज कूल १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता शेयर रु ५४ करोड ५८ लाख १८ हजार ६१९ मा खरीदबिक्री भए । कारोबार भएका दश उपमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ४.५३ र विकास बैंक ६.११ बिन्दुले बढ्दा होटल १५.८१, जलविद्युत् ३.९६, वित्त २.०३, निर्जीवन बीमा ६.६१, उत्पादन ५.१२, अन्य ०.९२, लघुवित्त २.३९ र जीवन बीमा ३.८३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ४.६४ प्रतिशतले कमाएका छन् । यस्तै कन्काई विकास बैंकका शेयरधनीले ४.१३, लक्ष्मी इक्युटी फण्डका शेयरधनीले ३.८८, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले २.८३ र साङ्ग्रिला विकास बैंकका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।

त्यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८४, सिन्धु विकास बैंकका शेयरधनीले ४.९२, घलेम्दी हाइड्रो लिमिटेटका शेयरधनीले ४.६३, हिमालय पावर पार्टनर लिमिटेडका शेयरधनीले ३.६८ र भागर्व विकास बैंकका शेयरधनीले ३.६८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार