त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निर्माण थालियो « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निर्माण थालियो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माणको काम शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

विमान उडानमा समेत समस्या देखिएपछि वर्षा लाग्नु अघि नै सम्पन्न हुनेगरी सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको काम सुरु गरिएको इन्जिनियर बाबुराम पौडेलले जानकारी दिए । ‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’ले १८ महिना भित्र सम्पन्न हुने गरी सो निर्माण कार्यको जिम्मेवारी लिएको हो । विमानको उडान र अवतरणमै समस्या आएपछि त्यसको धावनमार्ग र ट्याक्सी मार्ग पुनर्निर्माणको काम संचालन गर्नु परेको पनि इन्जिनियर पौडेलले बताए ।

धावनमार्ग पुनर्निर्माणको काम भने राति गरिनेछ । राति १० बजेदेखि बिहान ८ बजेसम्मका सम्पूर्ण उडान बन्द गरी सो धावनमार्ग पुनर्निर्माण काम सुरु गरिएको पनि विमानस्थलले जनाएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री बुढाले नेपालको हवाई सेवालाई अझै सुरक्षित र व्यवस्थित बनाउन पनि सो विमानस्थलको धावन मार्ग र ट्याक्सी मार्ग स्तरोन्नतिको कामलाई सुरु गरिएको बताए ।

उनले सन् २०२० मा आयोजना हुने ‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन पनि सरकारले सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको पनि स्पष्ट पारे । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सो विमानस्थलको धावन मार्ग तथा टयाक्सी मार्ग पुनर्निर्माणका लागि आवश्यक सबै खालको सहयोग निर्माण कार्यको जिम्मेवारी पाएको ‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’लाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

३ हजार मिटर लम्बाई तथा ४५ मिटर चौडाई रहेको सो विमानस्थलको धावन मार्ग सन् १९७५ सालमा स्थापना भएयता पहिलो पटक पुनर्निर्माण गर्न सुरु गरिएको हो । ३ अरव ७५ करोड लागतमा पुनर्निर्माण सुरु गरिएको सो विमानस्थलको धावन मार्गको निर्माण कार्य असार अघि नै सम्पन्न गर्ने दावी गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : ४७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा