सत्तारुढ पार्टीको उजुरीपछि इस्तानबुलमा पुनः मतगणना « Khabarhub

सत्तारुढ पार्टीको उजुरीपछि इस्तानबुलमा पुनः मतगणना


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की– टर्कीको निर्वाचन बोर्डले त्यहाँको सबैभन्दा ठूलो शहर इस्तानबुलमा भएको स्थानीय निर्वाचनको मतगणना फेरि गर्ने भएको छ । टर्किस निर्वाचन बोर्डले इस्तानबुल शहरका ३९ मध्ये ८ जिल्लामा दोहोर्‍याएर मतगणना गर्ने पक्षमा निर्णय गरेको जनाएको हो ।

गत आइतबार भएको स्थानीय निर्वाचनमा इस्तानबुल शहरमा सत्तारुढ जस्टिस एण्ड डेभलपमेण्ट पार्टी एकेपीका तर्फबाट मेयर पदका उम्मेद्वार पूर्व प्रधानमन्त्री बिन्याली यिल्द्रिमलाई पराजित गर्दै विपक्षी रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका उम्मेद्वार एक्रिम इमामोग्लु विजयी भएपछि एकेपीले त्यहाँ दोहोर्‍याएर मतगणना गर्न माग गरेको थियो । सोही अनुसार त्यहाँका केही जिल्लामा दोहोर्‍याएर मतगणना गर्ने पक्षमा निर्णय गरिएको बताइएको छ ।

यसअघि एकेपीले इस्तानबुल शहरका सबै जिल्लामा दोहोर्‍याएर मतगणना हुनुपर्ने भन्दै उजुरी दिएको थियो । पछिल्लो स्थानीय निर्वाचनमा राष्ट्रपति रेजेप तैयप एर्दोगानको एकेपीले राजधानी अंकारा, सबैभन्दा ठूलो शहर इस्तानबुल र तेश्रो ठूलो शहर इज्मिरजस्ता ठूला शहरमा हार व्यहोरेपछि एकेपीको आगामी भविष्यबारे गम्भीर प्रश्न उब्जिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ०६ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी