रेडियो नेपाललाई सार्वजनिक प्रशारण संस्थामा रुपान्तरण गरिने : मन्त्री बाँस्कोटा « Khabarhub

रेडियो नेपाललाई सार्वजनिक प्रशारण संस्थामा रुपान्तरण गरिने : मन्त्री बाँस्कोटा


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रेडियो नेपाललाई एक वर्ष भित्र सार्वजनिक प्रशारण संस्थामा रुपान्तरण गर्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले रेडियो नेपालका जनशक्ति, भौतिक पूर्वाधार र प्रविधिको प्रयोगमा आमुल परिवर्तन हुने गरी सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्न लागिएको पनि स्पष्ट पारे ।

बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले रेडियो नेपाल मुलुकको कुनाकन्धराका जनताको आवाज बन्नुपर्ने आवश्यक्ता पनि औंल्याए । मन्त्री बाँस्कोटाले रेडियो नेपालले स्थानीय भाषाको समाचार स्थानीय तहबाटै प्रशारण गर्ने व्यवस्था गर्नुपर्ने पनि बताए ।

मन्त्री बाँस्कोटाले रेडियो नेपालको जमिनलगायतको सम्पत्तिहरुको सदुपयोग गरेर अघि बढने योजना पनि अघि सारे । कार्यक्रममा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य, जनवादी गायक जेबी टुहुरेलाई ५१ हजार नगदसहित ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ पुरस्कार पनि प्रदान गरिएको थियो ।

मन्त्री बाँस्कोटाले नेपाली गीत, संगीत र संस्कृतिको क्षेत्रलाई अघि बढाउन नयाँ पुस्तालाई प्राथमिकता दिन पनि रेडियो नेपालका पदाधिकारीहरुलाई सचेत गराए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ३९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५