आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण « Khabarhub

आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत र आगामी आवमा त्यो ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

एशियाली विकास बैंक (एडिबी) ले आज सार्वजनिक गरेको पछिल्लो विवरणमा अर्थतन्त्रका सूचक सकारात्मक रहेका उल्लेख गर्दै त्यस्तो प्रक्षेपण गरेको हो । सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेका तथा भूकम्पपछिको तीव्र गतिको पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक वृद्धिमा मद्दत पुगेको एडिबीको विश्लेषण छ ।

वित्तीय सङ्घीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा जोखिम उत्पन्न हुनसक्ने भन्दै प्रतिवेदनमा ती चुनौतीलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको उल्लेख छ ।

कृषि क्षेत्रको वृद्धि आव २०७४/७५ को २.८ प्रतिशतबाट आव २०७५/७६ मा ४.५ प्रतिशत पुग्न सक्ने तथा उक्त अनुमान मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।

निरन्तर विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालू आवमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यसका साथै थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्नेछ ।

उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको, सबल राजस्व वृद्धिका कारण आव २०७५/७६ को पहिलो ६ महिनामा बजेट बचतमा रहेको चालु आवको पहिलो सात महीनामा पुँजीगत खर्च बढेता पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशत मात्र रहेको बढ्दो व्यापार तथा चालू खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेका प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ५८ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत