घाइतेको उपचारमा कुनै सम्झौता हुँदैन : मुख्यमन्त्री राउत « Khabarhub

घाइतेको उपचारमा कुनै सम्झौता हुँदैन : मुख्यमन्त्री राउत


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौंमा आज भएको विशेष पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले हावा–हुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचार तथा पीडितहरुको पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको बताएका हुन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले नेपालकै इतिहासमै यस्तो घटना कहिल्यै नदेखिएको बताउँदै यो दुःखद् घडीमा सहयोगी हातहरुको खाँचो रहेको बताए । उनले स्थानीय नेता, गाउँपालिकाका प्रमुख, प्रदेश सरकारका जिम्मेवार व्यक्तिहरु पीडितहरुको उद्दार तथा राहतमा कटिवद्ध भइरहेको जानकारी गराउँदै केन्द्र सरकारले गरेको कामको  प्रशंसा गरे । केन्द्र सरकारले ज्यान गुमाउनेहरुका पीडित प्रत्येक परिवालाई तीन–तीन लाख दिने सरकारी निर्णय सह्रानीय रहेको बताए ।

‘हावाहुरीमा परी घाइते भएकाहरुको उपचारमा प्रदेश सरकार गम्भीर बनेको छ, पीडितलाई कुनै पनि किसिमले दुःख हुनुहुँदैन, उपचार र राहात तथा पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको छ’ मुख्यमन्त्री राउतले भने, ‘ यो दुःखद्को घडीमा सबैको सयोग चाहिन्छ, नियम कानून नमिल्न सक्छ, तर जिम्मेवार संघसंस्थाले आ–आफ्नो क्षेत्रमाबाट जिम्मेवारीपूर्वक भूमिका निभाउनुपर्छ । घाइतेहरुको उपचारका लागि काठमाडौंका जुनसुकै अस्पताल ल्याउनुपर्छ भने पनि हामी तयार छौं । जहाज पनि तयारी अवस्थामा छ ।’

उनले आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले राहत र खाद्यान्नको व्यवस्था मिलाइरहेको भन्दै सोही समितिले दिएको सुझावका आधारमा प्रभावितलाई पुनर्बासको व्यवस्था गरिने बताए । प्रदेश सरकारले समितिको सिफारिसका आधारमा प्रभावितका लागि स्थायी बसोबासका लागि घर बनाइ दिने पनि जानकारी दिए ।

उनले प्राकृतिको कहरमा परेर ज्यान गुमाएकाहरुलाई फर्काउन नसके पनि घरमा रहेकाहरुको पीडामा मल्हम लगाउन प्रदेश सरकार जिम्मेबार रहने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : १९ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक