वैदेशिक रोजगारीमा जाने नेपालीबाट घुस लिँदा लिँदै प्रहरी जवान पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीबाट घुस लिँदा लिँदै प्रहरी जवान पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयको सुरक्षार्थ खटिएका एक प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भइ ताहाचलमा कार्यरत प्रहरी जवान गणेश लोहार घुससहित पक्राउ परेका हुन् ।

साउदी अरबका लागि श्रम स्विकृती लिने सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको अवस्थामा प्रहरी जवान लोहार पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको टोलीले प्रहरी जवान लोहारलाई मंगलबार घुससहित पक्राउ गरेको थियो ।

घुससहित पक्राउ परेका लोहारमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : २२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति