‘फाइभजी’को शुरुवात दक्षिण कोरियाबाट « Khabarhub

‘फाइभजी’को शुरुवात दक्षिण कोरियाबाट


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाले विश्वमै पहिलोपटक पाचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा व्यावसायिक रुपमा वितरण गर्ने भएको छ । आगामी शुक्रबारबाट दक्षिण कोरियाको सबैभन्दा ठूलो एसके टेलिकमले व्यावसायिक रुपमा पाचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा फाइभ जी वितरण गर्न लागेको जनाएको हो ।

यससँगै दक्षिण कोरियाको मोबाइल उपकरण बनाउने कम्पनी सामसुङको ग्यालेक्सी एस १० स्मार्टफोनमा उच्च गुणस्तरमा तीब्र गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाइनेछ ।

दक्षिण कोरियाली सेवाग्राहीलाई उच्च गुणस्तरको इन्टरनेटको तीब्रता र पिक्चर क्वालिटी उपलब्ध गराउनका लागि फाइभजी सेवा शुरु गर्न लागिएको एसके टेलिकमका कार्यकारी उपाध्यक्ष ¥यु योङ साङले जनाएका छन् ।

उनका अनुसार फाइभ जीले स्मार्टफोनमा गेमको स्ट्रिमिङमा थोरै समय मात्र ढिलाई गर्ने भएकाले यस सेवाले गेमिङ उद्योगको रुपरेखा नै परिवर्तन गर्नेछ ।

फाइभजी प्रविधिबाट हाल प्रचलनमा रहेको चौथो पुस्ताको फोरजी प्रविधिभन्दा २० गुणा तीब्र गतिमा इन्टरनेट चलाउन सकिने बताइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ३३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको