करेन्ट लागेर धनगढीमा २ बालबालिकाको मृत्यु « Khabarhub

करेन्ट लागेर धनगढीमा २ बालबालिकाको मृत्यु


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा करेन्ट लागेर २ बालबालिकाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ मिलनटोलका ५ वर्षीय आयुष वानियाँ र ५ वर्षकै अनामिका चौधरीको मृत्यु भएको हो ।

नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल पुर्याइएपछि मृत्यु भएको हो ।

धारामा जोडिएको मोटरबाट करेन्ट लागेर ढलेकी अनमिकालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । उपचारका लागि अस्पताल पुर्याइएपछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

यस्तै, आयुष वानियाको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : १८ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे