एएफसी कप : प्रसंशनीय खेलका बावजूद मनाङको ‘हात’मा शून्य ! « Khabarhub

एएफसी कप : प्रसंशनीय खेलका बावजूद मनाङको ‘हात’मा शून्य !




काठमाडौं– मंसिर अन्तिम साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको विजेता टोली मनाङ—मर्स्याङ्दी क्लबलाई लिगको अन्तिम खेलमा फ्रेन्ड्स क्लबले पराजित गरेको थियो । १३ खेल खेलेको मनाङले लिगमा १२ खेल जिते पनि सातदोबाटोस्थित एन्फा मैदानमा भएको अन्तिम खेलमा फ्रेन्ड्ससँग १—० को हार व्यहोरेको थियो ।

त्यही मैदानमा बुधबार मनाङले पुनः अर्का हार व्यहोरेको छ । घरेलु लिगमा फ्रेन्ड्ससँग पराजित मनाङले बुधबार भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजय भागेको हो ।

लिग च्याम्पियन भएपछि एएफसी कप खेल्ने अवसर पाएको मनाङ आफ्नो पहिलो खेलमा बंगलादेशी क्लब अबहानी लिमिटेडसँग पराजित भयो । यद्यपि, प्रशिक्षक छिरिङ लोप्सान भने खेलाडीको प्रदर्शनलाई ‘चित्त बुझाउने’ खालको रुपमा बुझ्छन् । खेलाडीले राम्रो प्रदर्शन गरेपनि गोल निकाल्न नसक्दा पराजित हुनुपरेको प्रशिक्षक लोप्सानको भनाइ छ ।

बंगलादेशी क्लब अबहानीसँग १—० गोल अन्तरले पराजित भएको मनाङका खेलाडीहरुले खेलको शुरुआती २० मिनेट उत्कृष्ट लय देखाएका थिए । खेलका क्रममा पटक—पटक मनाङका खेलाडीहरुले अबहानीविरुद्ध गोल अवसर पनि सिर्जना गरेका थिए । तर, पाएका गोल अवसरलाई फरवार्ड लाइनबाट सदुपयोग हुन नसक्दा मनाङको भागमा जीत पर्न सकेन ।

‘समग्रमा खेलाडीहरुले राम्रो खेलेका छन् । खेलाडीले खेलेनन् भन्नु हुँदैन । तर, शुरुको २० मिनेटको जस्तो स्पिड खेलको अन्तिमसम्म नरहँदा र गोलका लागि पाएका अवसरको सदुपयोग गर्न नसक्दा पराजय भोग्नु परेको हो,’ प्रशिक्षक लोप्सानले आगामी खेलबारे भने, ‘हामीले यो पहिलो खेल गुमाएका छौं । तर, पनि अझै ५ खेल खेल्न बाँकी रहेकाले अहिले नै समूह चरण पुरा गर्ने सम्भावना सकिएको छैन् ।’

कप्तान विराज महर्जनले पहिलो खेलमा राम्रो तयारी गर्न नपाए पनि खेलाडीहरुले राम्रो खेलेको बताए । मैदानमा गोल अवसर पाएपनि गोल हुन नसकेको उनले स्वीकारे ।

नेपालको शीर्ष क्लब मनाङसँग नेपालका उत्कृष्ट खेलाडी रहँदा बेञ्चमा राखेर विदेशी खेलाडीलाई फरवार्डको जिम्मा दिइएको थियो । प्रशिक्षक लोप्सानले सबै खेलाडी राम्रो भएपनि विदेशी खेलाडीले अभ्यासमा राम्रो गरिरहेकाले टिममा राखिएको बताए ।

अबहानीविरुद्ध मनाङको फरवार्डमा अफिजे ओलाओले र सोमिदे ओलुवाउन्मीले सम्हालेका थिए भने राष्ट्रिय टोलीका स्टाइकर रहेका अञ्जन विष्टले मिडफिल्डबाट खेलेका थिए ।

पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको अबहानीका प्रशिक्षक मारियो लेमोसले मनाङका खेलाडीहरुको प्रसंशा गरेका छन् ।

उनले मनाङका मिडफिल्डर हेमन गुरुङ र विशाल राईको प्रसंशा गर्दै नेपाली टोलीले आफ्नो टिम अबहानीविरुद्ध घरेलु मैदानमा राम्रो खेलेको बताए । ‘पहिलो हाफमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा हामीले पनि राम्रो खेल्यौं । जसले गर्दा तीन अंकजोड्न सक्यौं,’ बंगलादेशी क्लबका प्रशिक्षक मारियोले भने ।

अबहानीका लागि खेलको २८ औं मिनेटमा वाले फैसालको क्रस पासमा मासिह साईघानीले हेडमार्फत गोल गरेका थिए । मनाङविरुद्ध गोल गरेका मासिहले आफ्नो टोलीले भन्दा मनाङले राम्रो खेलेको स्वीकारे । उनले आफ्ना खेलाडीले सकेजति इफोर्ट लगाएर खेलेकाले जीत निकाल्न सफल भएको बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : १२ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६