पोखरा विश्वविद्यालयले मनायो १६औँ दीक्षान्त समारोह « Khabarhub

पोखरा विश्वविद्यालयले मनायो १६औँ दीक्षान्त समारोह


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा विश्वविद्यालयको १६औँ दीक्षान्त समारोह बुधबार मनाइएका छ । समारोहमा विभिन्न संकायमा विद्यार्थीहरु दीक्षित भएका भए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सहकुलपति गिरिराजमणि पोखरेल र उपकुलपति एवं वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

समारोहमा प्रमुख अतिथि डा. जगमान गुरुङले आजको शिक्षा पद्धति विश्वव्यापी रुपमा नै बजारमुखी बनेको, शिक्षा पद्धति बजारमुखी भएको हुँदा शिक्षा धन आर्जनको साधन बनेको वताउदै शिक्षा पद्धतिलाई सरलीकृत बनाउनका लागि शिक्षालाई यान्त्रिकीकरण गरिएकोले अहिले शिक्षामा नैतिक शिक्षाको अभाव रहेको बताए ।

त्यस्तै शिक्षामन्त्री पोखरेलले भने-  ‘शिक्षा मानव जातिको एउटा अनमोल सम्पति हो, आभुषण वा गहना हो यो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति भएकाले मानव जातिलाई सभ्य दक्ष र ज्ञानी बनाउनु आजको आवश्यकता हो ।’

दीक्षान्त समारोहमा विभिन्न शैक्षिक कार्यक्रका तहपार गरेका ५ हजार ५ सय २८ जना विद्यार्थीहरु दिक्षित भएका थिए  ।

पोखरा विश्वविद्यालयका आफ्ना ४ वटा आङ्गिक महाविद्यालय, ४ वटा संयुक्त आंगिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयहरु मार्फत विभिन्न प्राविधिक एवम् साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधितहमा पठन पाठन हुदै आएको छ ।

विश्वविद्यालयमा कुल ५६ वटा कार्यक्रमहरु संचालनमा रहेको छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ९ : २३ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर