भक्तपुरमा भेटियो मानव कंकाल, प्रहरीबाट अनुसन्धान जारी « Khabarhub

भक्तपुरमा भेटियो मानव कंकाल, प्रहरीबाट अनुसन्धान जारी


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– भक्तपुरको चित्तपोलमा आज मानव कंकाल भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारीमा टाउको छुट्टिएको अवस्थामा मानव कंकाल भेटिएको हो ।

जङ्गलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले सो कंकाल देखेर प्रहरीलाई खबर गरेका थिए । कंकालको केही पर कपडासमेत भेटिएको छ । कंकाल सूर्यविनायक नगरपालिका–१० का १५ वर्षीय रबिन खत्रीको भएको रबिनका बुबाले दाबी गरेका छन् ।

रबिन गत मङ्सिर २७ गते हराएका थिए । कंकाल नजीक फेला परेको कपडाका आधारमा कंकाल रबिनको भएको उनका बुबाले दाबी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

प्रहरीले भने भेटिएको कंकाल रविन भएको पुष्टि गरेको छैन । प्रहरीले कंकालको सनाखतका लागि डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । कपडाले मात्रै सनाखत हुन नसक्ने भएकाले कंकालको सनाखत तत्काल नगरेको प्रनाउ पोखरेलले बताए ।

उनले डिएनए परीक्षणपछि मात्र कंकालको सनाखत गर्ने जानकारी दिए । घटनाको सम्बन्धमा प्रहरीले सूक्ष्म अनुसन्धान शुरु गरेको जानकारी गरिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ४५ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा