भक्तपुरमा भेटियो मानव कंकाल, प्रहरीबाट अनुसन्धान जारी « Khabarhub

भक्तपुरमा भेटियो मानव कंकाल, प्रहरीबाट अनुसन्धान जारी


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– भक्तपुरको चित्तपोलमा आज मानव कंकाल भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारीमा टाउको छुट्टिएको अवस्थामा मानव कंकाल भेटिएको हो ।

जङ्गलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले सो कंकाल देखेर प्रहरीलाई खबर गरेका थिए । कंकालको केही पर कपडासमेत भेटिएको छ । कंकाल सूर्यविनायक नगरपालिका–१० का १५ वर्षीय रबिन खत्रीको भएको रबिनका बुबाले दाबी गरेका छन् ।

रबिन गत मङ्सिर २७ गते हराएका थिए । कंकाल नजीक फेला परेको कपडाका आधारमा कंकाल रबिनको भएको उनका बुबाले दाबी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

प्रहरीले भने भेटिएको कंकाल रविन भएको पुष्टि गरेको छैन । प्रहरीले कंकालको सनाखतका लागि डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । कपडाले मात्रै सनाखत हुन नसक्ने भएकाले कंकालको सनाखत तत्काल नगरेको प्रनाउ पोखरेलले बताए ।

उनले डिएनए परीक्षणपछि मात्र कंकालको सनाखत गर्ने जानकारी दिए । घटनाको सम्बन्धमा प्रहरीले सूक्ष्म अनुसन्धान शुरु गरेको जानकारी गरिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस