केहिबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्ने, सचेत रहन आग्रह « Khabarhub

केहिबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्ने, सचेत रहन आग्रह


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फानी नाम गरेको समुन्द्री आँधीको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । फानीकै कारण केहिबेरपछि काठमाडौंसहित देशभर हावाहुरी चल्ने मौसमविद विभूति पोखरेलले खबरहबलाई जानकारी दिइन् ।

‘हामीले धेरै अघिदेखि भरिहेका छौं । यसको प्रभाव कत्तिको पर्छ अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसैले सबै आआफ्नो रुपमा सचेत हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुनेछ ।’

उनले समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने अनुमान गरिएको बताइन् । यसको प्रभाव आज (शुक्रबार) र भोलि (शनिबार)सम्म हुने उनले बताइन् ।

‘अब केहीबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्न थाल्नेछ । यसबाट सबै सचेत हुनुहोस्,’ पोखरेलले भनिन्, ‘हावाहुरीबाट बच्न चाल्नुपर्ने सतर्कताका बारेमा सबै एलट हुनु आवश्यक छ ।’

फानी भारतको पूर्वी तटतर्फ अघि बढेको मौसमविदहरुले बताएका छन् । यसबाट हुने क्षति कमगर्न प्रभावित क्षेत्र अर्थात समुन्द्र किनारमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । भारतको आन्द्रप्रदेश र तामिलनाडुमा उच्च सर्तकता अपनाइएको छ । यो आँधीबाट आठ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

समुन्द्री आँधी हाल बंगलादेशको खाडीबाट झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको मौसमविदहरुले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १० : ५९ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध