जब शाहरुखले सुनाए पत्नी गौरीसँगको ‘हनिमुन’ किस्सा « Khabarhub

जब शाहरुखले सुनाए पत्नी गौरीसँगको ‘हनिमुन’ किस्सा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाहरुख खान आज पनि बलिउड सुपरस्टार हुन् । उनलाई यो स्टेजमा पुग्न थोरै मेहनतले पुगेको थिएन । एउटा यस्तो पनि समय थियो, शाहरुख खानले मुम्बईको रेल्वे स्टेशनमा रात बिताउनुपरेको थियो । उनीसँग होटलमा गएर सुत्नका लागि पैसा थिएन ।

यो त्यतिबेलाको समय हो, जतिबेला शाहरुख खान गौरी खानको प्रेममा पागल थिए । उनीहरुले बिहे गरे । तर, गौरीका पिताले भने यो सम्बन्धलाई मानिरहेका थिएनन् । जसकारण शाहरुखले चुपचाप गौरीलाई एक आफन्तको घरमा राखेर निस्किए र मुम्बईको रेल्वेमा रात काटे ।

त्यो समयमा शाहरुख आफ्नी पत्नीलाई हनिमूनका लागि कतै लैजाने अवस्थामा पनि थिएनन् । पछि शाहरुखले गौरीलाई हनिमूनलाई लिएर मूर्ख बनाए ।

शाहरुख खानले गौरीलाई भनेका थिए कि, हनिमूनका लागि आफूहरु पेरिस जानेछन् । एक अवार्ड कार्यक्रममा बोल्दै गर्दा शाहरुखले त्यतिबेला गौरीलाई पेरिस लगेर आइफेल टावर देखाउने भनेर वाचा गरेको खुलाए ।

तर, त्यो समय शाहरुख खानसँग न पैसा थियो, न टिकट थियो । र पनि शाहरुखले गौरीलाई मनाएका थिए । जब शाहरुख आफ्नो फिल्म ‘राज बन गया जेन्टलमेन’ को एक गीतको शूटिङमा दार्जिलिङ पुगे, त्यतिबेला शाहरुखलाई गौरी कहिल्यै विदेश घुम्न नगएको भन्ने लाग्यो ।

त्यसपछि शाहरुखले गौरीलाई पेरिस भनेर दार्जिलिङ लगे । र, उतै हनिमुन मनाए । अहिले भने शाहरुख आर्थिक रुपमा पनि निकै सबल बनेका छन् । उनका लाखौ‌ं फ्यान छन् ।

बरु पछिल्लो समय शाहरुखले फिल्ममा अभिनय गर्नमा खासै चासो देखाएका छैनन् । यसअघि उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म फ्लप भएपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : २० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्