यी हुन् हावाहुरी र आँधीबाट जोगिने उपाय « Khabarhub

यी हुन् हावाहुरी र आँधीबाट जोगिने उपाय


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फानी नाम गरेको समुद्री आँधीका कारण भारतमा भारी वर्षा भइरहेको छ । शुक्रबार बिहान ८ बजे उडिसा राज्यको तटीय क्षेत्रमा फानी आँधीको प्रभाव देखिएको थियो ।

आँधीले भारतीय राज्यहरु उडिसा, आन्ध्र प्रदेश, पश्चिम बंगाल र बंगलादेशसहित बिहार र भारतको उत्तर प्रदेश र नेपालको पूर्वी भेगमा पनि वर्षा भइरहेको छ ।

आँधीबाट बच्न लाखौं मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारेका कारण आँधीले कुनै मानवीय क्षति भने नपु¥याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण एशियामा बंगालको खाडीमा अप्रिल महिनादेखि डिसेम्बर महिनासम्म विभिन्न आँधी निर्माण हुने गरेका छन् भने आँधीकै कारण हरेक वर्ष भारत र बंगलादेशमा सयौं मानिसहरुको ज्यान जाने गरेको छ । भू परिवेष्ठित मुलुक भएकाले नेपालमा आँधीको कुनै प्रत्यक्ष असर त पर्दैन तर आँधीको प्रभावले नेपालको पनि मौसममा बदली भई भारी वर्षा हुने गरेको छ ।

आँधी आउने बेला कस्तो पूर्वतयारी गर्ने ?

– सर्वप्रथम आँधी आइहाल्यो भने के गर्ने, कसरी सुरक्षित स्थलतर्फ जाने भनेर योजना बनाउने

–आँधीले उडाउने क्षेत्रबाट भागेर जानुपर्यो भने कुन बाटो जाने भन्ने जानकारी लिने
–आँधीका बेला बैंक र एटिएम मेसिन बन्द हुनसक्ने भएकाले खल्तीमा नगद बोक्ने
–आफ्नो सवारी साधनमा पर्याप्त इन्धन भर्ने
–सरकारी आधिकारीक सूचना र जानकारी लिनका लागि साथमा बेट्रीबाट चल्ने रेडियो बोक्ने
–आँधी आउने बेला प्राथमिक उपचार सामग्री, खाना, स्वच्छ पानी, कपडा, टर्चलाइटको जोहो गर्ने
–आँधीका कारण भत्कनसक्ने संरचनाको छेउमा नबस्ने वा त्यसलाई पहिला नै हटाउँने ।
–घरका झ्यालहरु लगाउने

आँधी आइरहेको अवस्थामा के गर्ने ?

–होचो क्षेत्र र बाढीले सजिलै डुबाउने क्षेत्रतर्फ नजाने
–अग्लो भवन, अग्ला रुख, बिजुलीका खम्बा र यस्तै जोखिमपूर्ण क्षेत्रतर्फ नजाने
–भरसक आँधी प्रभावित क्षेत्रमा रहेको आफ्नो घरबाट भागेर नजिकै तोकिएको सुरक्षित स्थलतर्फ जाने
–सुरक्षित स्थलतर्फ जानसक्ने अवस्था छैन भने आँधीको समयमा घरभित्रै बस्ने, बाहिर तीब्र हावाले उडाउने तथा हावाले उडाएर ल्याएको कुनै सामानले लाग्ने जोखिम रहन्छ ।

– आँधी आइरहेको समयमा सवारी चलाइरहनु भएको छ भने सुरक्षित स्थानमा रोकेर बस्ने

आँधीपछि के गर्ने ?

–जबसम्म बाहिर जान सुरक्षित छैन, घरभित्रै बस्ने
–आसपास कोही समस्यामा परेका, घाइते भएका कोही छन् भने सहयोग गर्ने
–आँधीलगत्तै बाढी आउने सम्भावना हुन्छ, त्यसको तयारी गर्ने
–बाढी आएको स्थलतर्फ जान जोखिम हुन्छ, नजाने
–बाढीको पानीमा विद्युत प्रवाह भइरहेको हुनसक्छ, सावधानी अपनाउने
–आँधीपछि खानेपानीको श्रोत प्रदूषित भएको हुनसक्छ, निश्चित गरेर मात्र पानी पिउने

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ४३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड