दिल्लीबाट एक महिलाको उद्धार « Khabarhub

दिल्लीबाट एक महिलाको उद्धार


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत हुदै तेस्रो देश वैदेशिक रोजगारीमा लैजान लागिएकी एक महिलाको उद्धार गरिएको छ ।

भारतको राजधानी नदिल्लीबाट हेल्प मिशनका अध्यक्ष कवि कार्की र सचिव महेन्द्र केसीले ती महिलालाई उद्धार गरि परिवारलाई जिम्मा लगाएका छन् । उद्धार गरिएकी चेलीलाई टेकनारायण पौडेलको रोहवरमा उनकी दिदी जमुना सापकोटालाई जिम्मा लगाएको कार्कीले जानकारी दिए ।

उद्धार गरिएकी महिलालाई रोजगारीमा तेस्रो देश पठाउन दिल्ली पुराएको थियो । उनलाई दलाल राजकुमार श्रेष्ठ (राज)ले ३ महिनामा दिल्लीमा बन्धक बनाएर राखेका थिए । उद्धार गरिएकी महिलाका अनुसार तीन महिनासम्म दिल्लीमा बन्धक बनाएर राखेको बताइन ।

उनलाई दलालले नक्कली भिसा, नक्कली पुलिस रिपोर्ट, नक्कली टिकट बनाएर भारत, श्रीलका हुदै कुवेत पठाउने आश्वासन दिएको उनको भनाइ छ ।

श्रीलंका हुँदै खाडीका देश र कुवेत पठाउने बहानामा भारतको पूर्वोत्तर राज्य असम, र दिल्लीमा आफु जस्ता धेरै महिला रहेको उद्धार गरिएकी महिलाले जानकारी दिएको मिशनका अध्यक्ष कार्कीले भनाई छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ४७ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार